News Portal

जीवित बाबुलाई मरेको भन्दै किर्ते गरेर नागरिकता लिने भारतीय नागरिक पक्राउ

हिमाली संचार संवाददाता
४५८ पटक

सुवास गोतामे
काठमाडौं : ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए।

२०५६ पुस १३ मा जारी नागरिकतामा साहको बुबा स्वर्गीय अनुपलाल साह लेखिएको छ। तर उनका बाबु विश्वनाथ साह हुन्। उनी जीवितै छन्। नगर पञ्चायत जोगबनीले तयार पारेको आमनिर्वाचन नामावलीमा साहको बाबुको नाम विश्वनाथ लेखिएको छ। मोरङ जिल्ला, विराटनगर ठेगाना उल्लेख गरेका साहले सुरुमा बनाएको नागरिकता हराएपछि वंशजका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०६४ पुस १७ प्रतिलिपि लिएको पाइएको छ।

साहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि महानगरीय प्रहरी परिसर टेकुले छानबिन गरेको थियो। छानबिनका क्रममा किर्ते गरेर नागरिकता लिएको खुलेपछि साह गत साता पक्राउ परेका हुन्। उनले किर्ते नागरिकतालाई नै आधार बनाएर २०५७ मंसिरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएका छन्। यस्तै उनले सोही नागरिकताका आधारमा विराटनगर र सिरहाको बस्तीपुरमा जग्गा खरिद गरेको पाइएको छ।

काठमाडौंको कालीमाटीमा ‘सन्त तुलसीदास फ्रुट सेन्टर प्रालि’ नामक फलफूल पसल सञ्चालन गर्दै आएका साह २०७३ जेठ २० गते सरकारी अनुगमन टोली जाँदा भागेका थिए। आन्तरिक राजस्व कार्यालयको टोलीले अनुगमन गर्न जाँदा साह नभेटिएपछि बिलबिजक तथा खाता बुझाउन पत्र काटेको थियो। किर्ते नागरिकताका आधारमा साहले काठमाडौं महानगरपालिकाबाट विवाह दर्ताको प्रमाणपत्र लिएका छन्।

महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहका अनुसार भारतीय नागरिक भएर झूटो व्यहोरा बनाई किर्ते गरेर नक्कली नागरिकता बनाएको आरोपमा साहमाथि अनुसन्धान भइरहेको छ। परिसरले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गर्दै साहको नागरिकता बनाउँदा सर्जिमिन भए नभएको र भएको भए त्यसमा को–को संलग्न थिए भन्ने व्यहोरा पठाइदिन भनेको छ।

एसएसपी सिंहले भने, ‘साहले भारत र नेपाली दुवै नागरिकता बोकेर नेपालमा व्यवसाय गर्दै आएको पाइयो। मोरङबाट केही तथ्य आएपछि नागरिकता किर्तेबारे थप रहस्य खुल्छ।’ सिंहका अनुसार साहका बाबु विश्वनाथ जीवित छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...