News Portal

फेसबुकले कसरी थाहा पायो मन्त्री अधिकारीको मृत्युको खबर ?

हिमाली संचार संवाददाता
७२५ पटक

काठमाडौँ १७, फागुन : फेसबुकले बिहिबार दिउसो हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको फेसबुक एकाउन्टलाई मृत्यु भएको एकाउन्टको रुपमा परिवर्तन गरिदिएको छ । अहिले उनको आधिकारिक फेसबुक प्रोफाइल हेर्ने हो भने फेसबुक टाइमलाईन माथि एउटा फुलको तश्वीरसंगै फेसबुकले ‘Remembering Rabindra Adhikari’ देखाएको छ, जहाँ (We hope people who love Rabindra will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने संदेश देख्न सकिन्छ । त्यस्तै नामसंगै माथि ‘Remembering’ थपिएको छ ।

प्रोफाइल यहाँ क्लिक गरि हेर्न सक्नुहुनेछ

मन्त्री रविन्द्र अधिकारीको मृत्युको खबर कसरी पायो फेसबुकले ?

विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ, आफ्ना प्रयोगकर्ता मरेपछी फेसबुकले थाहा पाई हाल्ने भन्ने हुँदैन । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न सक्छ भन्ने पनि हुँदैन ।

फेसबुकमा कुनै व्यक्तिको मृत्यु भईसकेपछी प्रमाण सहित एउटा एप्लिकेसन भरेर उक्त व्यक्तिको मृत्यु भईसकेको जानकारी फेसबुकलाई गराउन सकिने व्यवस्था छ । मृत्युको प्रमाण सहित दिएको आवेदनलाई हेरेर फेसबुकले त्यस्तो व्यक्तिको फेसबुक एकाउन्ट memorialized accounts को रुपमा परिवर्तन गराइदिन्छ । रविन्द्र अधिकारीको फेसबुक एकाउन्टको हकमा पनि त्यसै भएको हो ।

मन्त्री अधिकारीको निधन भएको पुष्टि भएपछी पत्रकार अनिल अधिकारीले फेसबुकलाई त्यस बिषयमा पुष्टि सहितको जानकारी गराएका थिए । त्यसपछि केहि घण्टामै मन्त्री रविन्द्र अधिकारीको आधिकारिक फेसबुकमा परिवर्तन भएको हो ।

पत्रकार अधिकारीका अनुसार त्यतिकै कोहि मरेको भनेर जानकारी गराउंदैमा फेसबुकले पत्यार मानिहाल्दैन त्यसका लागि एउटा फारम भरेर केहि न केहि प्रमाण सहित फेसबुकलाई जानकारी दिनुपर्ने हुन्छ । कसैको एकाउन्ट रिभ्यु हुन केहि समय लाग्न सक्छ तर मन्त्री भएकाले एकाएक समाचारहरु भाईरल भएको साथै मन्त्री अधिकारीले सक्रिय रुपमा चलाउने गरेको फेसबुकमै पनि धेरैले ट्याग गरेर उनलाई श्रद्दान्जली दिएको कारण हुनसक्छ एप्लिकासन परेको केहि बेरमै  उनको एकाउन्ट फेसबुकले समेत निस्क्रिय गराइदियो ।

अर्को कुरा फेसबुक आफैमा शक्तिशाली एप्लिकेशन हो जसले फोटो समेत चिन्छ । रविन्द्र अधिकारीको तश्वीरमा RIP भन्दै हजारौंले फेसबुकमा पोष्ट गरेका कारण पनि उनको एकाउन्टलाई memorialized accounts मा परिवर्तन गर्न समय नलागेको हुनसक्ने पत्रकार अनिल अधिकारी बताउँछन् ।

यो इमेल प्राप्त भए लगत्तै मन्त्री अधिकारीको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द थपिएको छ । जुन फेसबुक मृत्यु भईसकेको व्यक्तिको एकाउन्टमा मात्र देखाउँछ । तपाइले प्रचण्ड पुत्र प्रकास दाहालकै फेसबुक हेर्नुभयो भने पनि यस्तै देख्न सक्नुहुनेछ ।

अब रविन्द्र अधिकारीको उक्त एकाउन्टको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत memorialized account को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख छ । त्यतिमात्र नभएर फेसबुकले यस्तो एकाउन्ट बनाईसकेपछी उक्त व्यक्तिलाई साथी बनाउने सजसन् वा जन्मदिनको जानकारी दिदैन ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...