कमल थापाले भने – सरकारले जनतामा आशा जगाउन सकेन
बनियानी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।
मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा आज झापाको विर्तामोडमा आयोजित सभामा अध्यक्ष थापाले भ्रष्टाचारले सुनकाण्ड, वाइडबडी काण्ड, एनसेलको करछली प्रकरणलगायतका घटनामा किन सरकारले कारवाही गर्दैन भनेर प्रश्न गरेका थिए।
कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि पार्टीले अभियान शुरु गरिसकेको बताए।
यो पनि पढ्नुहोस।
http://himalisanchar.com/2018/09/2684

















