News Portal

बोक्सीको आरोपमा माताद्वारा सुत्केरीमाठी कुटपिट

हिमाली संचार संवाददाता
७६७ पटक

काठमाडौँ : बोक्सीको आरोपमा दोलखा मालुडाडा ६ घर भएकी रस्मि उपरकोटी माथि निर्घात कुटपिट भएको छ। फागुन १२ गते राती छोरी धेरै रोए पछी के भएको रहे छ भने र उनका देवर माता भनिएकी कबिता श्रेष्ठ कहा लगे । छोरीको झारफुकका लागी गएकी उनी एक्कासि कापन थालीन ।

रश्मि काप्न थालेपछि माताले उनलाई नै बोक्सी भन्दै निर्घात कुटपिट गरिन । बिगत ७ बर्ष देखि काठमाडौ भिमसेनथानमा आफन्तसंग बस्दै आएकी ३ महिने सुत्केरी उपरकोटिलाइ माता भनिएकी कबिता श्रेष्ठकाले बोलाएर कविताको घरमानै बोक्सी भन्दै निर्घात कुटपिट गरेपछि उनि शख्त घाईते भइन ।

राती ९ बजे देखि १ बजेसम्म बच्चा सहित रस्मिलाई माताको घरमा लिएर यो बोक्सी हो भन्दै निरन्तर ४ घण्टा सम्म कुटपिट गरिएको पिडित रश्मिले बताईन ।कुटपिट मात्रै होइन उनलाई माताले तातो पन्युले शरिका बिभिन्न अंगहरुमा डामे पछि कति पिडा भयो होला यो सहिजै अनुमान लगाउन सकिन्छ ।

यसरी लगातार ४ घण्टासम्म माताबाट कुटिएपछि रश्मि अचेत अवस्थामा पुगिन । पिडित उपरकोटीलाइ बोक्सी भन्दै मरणाशन्य हुने गरि कुटपिट भएपनि छेउछाउमा रहेका छिमेकि भने रमिते बने ।
यसरी आफुमाथी निर्घात कुटपिट हुदा छिमेकीहरु रमिते बनेर बसे पछिको पिडाले उनलाई झन बढि दुखाई भयो ।

त्यसपछि उनले अन्य कुनै पनि बिकल्प न भेटाएपछि रस्मिले फागुन १४ गते महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिइन । उनको उजुरी दर्ता पछि प्रहरीले श्रेष्ठको खोजि कार्य गर्यो । बोक्सीको आरोपमा कुटिएकी पीडित महिला वीर अस्पतालमा उपचार सम्भव नभए पछि ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा भर्ना भइन ।

बोक्सीको आरोपमा कुटपिट गर्ने माता भनिएकी श्रेष्ठलाइ प्रहरीले पक्राउ पनि गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले आज कोटेश्वर आफन्तकोमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाइ पक्राउ गरेको जनाएको छ । उनि माथी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तलको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=dHBvNDolcx0

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...