News Portal

रंगेली अस्पतालकाे प्रसाशन फितलो, १० लाख भन्दा बढि हिनामिना !

हिमाली संचार संवाददाता
६८० पटक
रबिन्द्र बराल, मोरङ

माेरङकाे रंगेली नगरपालिका ७ मा नव निर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडौंकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सुविधा बाट सर्वसाधारणहरु बन्चित हुनुपरेको छ । त्यति मात्रै नभए र साउन महिना देखि अस्पताल ब्यवस्थापन समिति खारेज हुदा अस्पताल व्यवस्थापन समेत फितलो भएको छ ।

समिति निर्माण नहुदाँ हरेक काम काज ठप्प हुनुुकाे साथै प्रसाशनबाटै १० लाख रुपैयाँ भन्दा बढि हिनामिना भएको छ । नेपाल सरकारले समयमै समिति गठन नगरेका कारण २०७४ पुस महिना देखि हालसम्म कार्यलय प्रसाशनकाे मिलेमतोमा सर्वसाधारणहरुले उपचार गराएर तिरेकाे रकमकाे राजस्व हिनामिना गरेकाेे पईएकाे छ ।

रंगेलीका मेयर दिलिप बगडियाले एक कार्यक्रममा भने अहिले रंगेली अस्पताल प्रसाशनमा नेपाल सरकार र प्रदेश सरकारकाे बेवास्ता कारण रकम हिनामिना भएको बताएका छन । उनले भने १० लाख रुपैयाँ भन्दा बढि रकमको हिनामिना भएको कुरा सार्वजनिक गरेका छन । यसमा सबै पक्षले ध्यान दिनुपर्ने र संन्चारकर्मीहरुले विशेष ध्यान दिनुपर्ने कुरामा जाेड दिएका छन । हिनामिना गर्ने जुन सुकै कर्मचारी भए पनि कार्वाही प्रक्रियामा लैजानु पर्ने समेत बताए ।

त्यति मात्रै हाेईन बिगत ६ महिना देखि झडापखाला, अप्रेसन र किडनिकाे समेत रगत परिक्षण गर्ने ईलाेक्ट्रर लाईट साेडियम र पाेटासियन समिन समेत सर्भिस नहुदा बिरामी हरुले निजि ल्यावमा गएर ब्लड चेक जाँच गर्ने बाध्य रहेका छन । रेवति पाेख्रेल अाफुले बारम्बार जानकारी गराएता पनि प्रसाशनले बेवास्ता गरेको अाराेप समेत लागउनु भएको छ ।

केही साता दिन देखि एक्सरे मेसिनमा प्रयाेग भएको कम्पुटर समेत बिग्रेको कारण बिरामीहरु थप समस्या परेका छन । उक्त अस्पतालमा दैनिकी सयौं जना गरिव परिवार तथा अति विपन्न घर परिवारका सर्वसाधारण हरुले उपचार गराउदै अाईरहेता पनि सेवा र सुविदा नहुदा निज अस्पतालमाा उपचार गराउन जाने गरेका छन ।

नेपाल सरकारले गर्भवती महिलाहरु गर्भवती भएकाे समय देखि उपचार गर्नेका लागि सरकारी अस्पतालमा सबै कुरा निशुल्क गर्ने भनेर भनेता पनि रंगेली अस्पतालमा भने गर्भवती महिलाहरुलाई सबै प्रकारकाे रकम समेत उठाउने गरेका छन ।

गर्भवती महिलाले प्रत्येक दिन सेवन गर्ने अाईरन र क्यालसियम समेत उपलब्ध छैन । अझ गर्भवती महिलाहरुलाई समान्य चेक जाँच गर्ने अाउदा समेत विभित्र प्रकारका ब्लड टेस्ट गर्नु भनी निजि ल्यावहरुमा पठाउने गरेका छन । निजि ल्यावहरुले बिरामीहरुबाट लिएको ३० प्रतिशत रकम डाक्टरहरुलाई बुझाउने गरेको हुनाले अनावश्यक टेष्ट गरेर अझ गरिव परिवारलाई पीडा दिने गरेको नबताउने सर्तमा एकले बताए ।

डाक्टरहरुकाे चलखेलले गर्दा बिरामीहरुले दुख पाएकाे कर्मचारीहरु बताउछन् । अस्पतालमा रहेको फिल्टर समेत बिग्रीएको र समयमै मर्मत संभार नहुदा शुद्ध खानेपानी नहुदा बिरामी तथा बिरामी कुरुवाहरुले टुवेल(कल) काे अार्सनिक पानी पिउन बाध्य छन। भने बजारमा पाईने मिनरल वनटर पानी किनेर खानुपर्ने बाध्यता रहेको छ ।

अस्पतालमा उपचार गराउन अाउने सर्वसाधारणहरुले नत शुद्ध पानी नै पिउन पाउछन् नत सरकारले दिने गरेको निशुल्क अाैषधी पाउँछन् । यस अस्पतालमा रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारकाेे कुर्साकट्टा, कुवाडि, सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने गरिव घर परिवारका सर्वसाधारणहरुले सेवा लिदै अाएका छन । देश बिदेशी संस्था नेपालमा स्वास्थ्यकाे नाममा करोडौं रुपैयाँ खर्च गरेता पनि त्याे भने बालुवामा पानी हाले जस्तो भएको पाईन्छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...