News Portal

दैलेख महोत्सबको तयारी तिब्र

हिमाली संचार संवाददाता
५८६ पटक
कृष्ण प्रसाद अधिकारी

दैलेख : यहि फागुन २२ देखि चैत्र २ गते सम्म हुन लागेको दैलेख महोत्सबको तयारी तिब्र पारिएको छ।दैलेख उद्योग बाणिज्य संघ दैलेख र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौको संयुक्त आयोजनामा हुन लागेका दैलेख महोत्सब २०७५ को तयारी तिब्र पारिएको हो ।

‘उद्यम, कृषि, पर्यटन र व्यापार: समृद्ध दैलेखको मुल आधार’ भन्ने नारा सहित आयोजना गरिएको दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औधोगिक व्यापार मेला नजिकिदै गर्दा बुधवार जिल्लामा संचालित विभिन्न संचार गृहमा कार्यरत पत्रकारहरुसँग छलफल समेत गरिएको छ ।

दैलेख उद्योग बाणिज्य संघ दैलेखमा गरिएको छलफलमा संघका महासचिव राजेश कुमार हमालले कला संस्कृति, यातायात, स्टल, मञ्च व्यवस्थापन, अतिथी सत्कार उप–समितिहरु गठन भई काम तिब्रताका साथ सुरु भएको बताउनुभयो ।

दैलेखको काडाँचौर मैदानमा संचालन हुने महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको टुंगो लागेको महासचिव हमालको भनाई छ । आयोजकका अनुसार महोत्सब स्थलमा बाल उद्यान सहितको मनोरञ्जन दिइनेछ । महोत्सबमा १ सय ८० वटा स्टलबाट स्थानीय लद्यु तथा घरेलु उद्यमीहरुद्धारा उत्पादित सामग्री लगाएत विक्री वितरणका लागि राखिनेछ ।

महोत्सबले हिन्दुपुराण तथा श्रीस्वस्थानी ब्रतकथामा आधारित धार्मीक पर्यटकीय स्थलहरुको प्रचार प्रसारको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक दैलेख जिल्लामा प्रवेश गर्ने वातावरण सृजना गर्ने संघका महासचिव राजेश कुमार हमालले बताउनुभयो । ‘महोत्सबले दैलेखको कला सस्कृति र ईतिहासलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने छ,’ महासचिव हमालले भन्नुभयो ‘लोप हुन लागेका साँस्कृतिक सम्पदा परम्परागत जीवनशैलीलाई प्रतिनीधित्व गर्ने प्रविधि र संसाधनको जर्गेनासँगै दैलेखको वर्तमान विकास स्थिती झल्काउने छ ।

जिल्लाभरी छरिएर रहेका कला संस्कृतिलाई जगेर्ना गर्न प्रयास गर्ने बताउँदै महासचिव हमालले भन्नुभयो ‘महोत्सबले स्थानीय परम्परागत शिप, कला र संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्नेछ ।

पत्रकारहरुसंगको छलफलमा संघका बाणिज्य उपाध्यक्ष रुपक थापा (रविन्सन) ले महोत्सब भव्य र सभ्य रुपमा सम्पन्न गर्न संचारकर्मीहरुको सहयोग महत्वपूर्ण रहने बताउनुभयो । महोत्सबमा आउने कलाकार बद्री देखि ज्योतीसम्म महोत्सब अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

११ दिन सम्म संचालन हुने महोत्सबमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु बद्री पंगेनी, ज्योती मगर, टिका पुन, राधिका हमाल, कुलेन्द्र विक, अर्जुन सोनाम, जीवन शर्माको प्रस्तुती रहनेछ । यस्तै दुर्गेश थापा, शिवहरी पौडेल, किरण केसी, लोकेन्द्र जिसी, धिरेन्द्र शाही, सपना शाही लगाएतका कलाकारहरु बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

महोत्सबमा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका स्थानीय कला संस्कृतिक प्रर्दशन गर्ने आयोजकले जनाएको छ । महोत्सबको मुख्य आकर्षकको रुपमा हुड्के, ढोलकी, मयूर, मारुनी, सोरठी, ख्याली, पैसरी, टाकटुके लगाएतका नाच रहेको छ ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...