News Portal

कविता – उदासी अधरहरू 

हिमाली संचार संवाददाता
५७३ पटक

            राजबाबु श्रेष्ठ ‘सागर’ 

मेरा हाँसोहरू
निदाएका छन् अचेल
आँसुहरू बिसाएका छन्
थाकेर धाक्रेले धाक्रो बिसाए झैं

उर्लदैंन अचेल
आँसु पनि उन्मत्त भएर
बर्खेको भेल झैं
कसैको भावनाको
अन्त्येष्टि हुँदा पनि

बन डढेको सबैले देख्छ
तर मन डढेको
कसैले न देख्दो रहेछ

त्यसैले होला
अचेल मेरा परेलीहरू रुष्ठ छन्
अधरहरू पनि उदास छन्
नयनहरू सुकेका छन् रानी पोखरी झैं
खुसीहरूको उद्यानमा फकृन छाडे
अचेल मुस्कानका मुनाका कोपिलाहरू

केवल सुकिरहेछ
अँगेनाको बिस्कुन झैं
मेरा खुसीका बगरहरू निराशाका खडेरीमा
केवल एकोहोरो पर्खाइ छ
भार्याले खसमको प्रतिक्षा गरे झैं
मधुमासको झरी बनी कहिले रुझाउला
मेरा ती सुकेका खुसीका बगरहरू ।।

गौशाला न. पा. वडा न. १, महोत्तरी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...