News Portal

नौमुलेको निर्माणधिन हाइड्रोपावरको काम ७० प्रतिशत सम्पन्न

हिमाली संचार संवाददाता
८४९ पटक
कृष्ण प्रसाद अधिकारी

दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं ५ मा निर्माणधिन हाइड्रोपावरको बिद्युत उत्पादन भवन ।

दैलेख १४, फाल्गुन : जल स्रोतको धनी देश भए पनि बिद्युतको पहुँचमा भने पछाडी परेको नेपाल ८३ हजार मेगावट क्षेमता भएपनि नेपाललाइ नै चाहिएको बिद्युत उत्पादन गर्ने सकेको छैन ।

दैलेखमा पछेल्ला केही बर्षमा बिद्युतमा अगाडी बढेको पाइन्छ यसै अन्तर्गत नौमुले गाउँपालिकाको द्धारी खोलामा हाइड्रोपावर निमार्ण भए यता दैलेखमा बिद्युतको समस्या केही सम्मा सामाधान भएको छ ।

पछिल्लो चरण नौमुलेमा १ हाइड्रोपावर बनिसेको छ भने २ वटा बन्ने प्रकृयामा छन । हाल नौमुले गाउँपालिका वडा नं. ५ मा बन्दै गरेको हाइड्रोपावरको काम लगभग ७० प्रतिशत सम्पन्न भएको छ ।

डोल्ती हाइड्रोपावर कम्पनी प्रा.लि ले बनाउँदै गरेको नौमुले ५को हाइड्रो पावरको विद्युत उत्पादन कक्ष नौमुले गाउँपालिकका वडा नं ५ मा र यसको पाइपलाइन माथेल्लो भाग वडा नं ४ मा पर्दछ ।

करिब ३२सय मिटरको लवाई नहर र पाइपलाइन रहेको उक्त हाइड्रोपावरको क्षमता ४.५ मेगावट रहेको छ । हाल उक्त निर्माण धिन हाइड्रोपावरमा २३ जनाले प्रत्यक्ष र करीब ५०० जनाले अपत्यक्ष रोजगार पाएको हाइड्रोपावर नोमुलेका आयोजना प्रमुख अनिल खनालले जानकारी दिनुभएको छ ।

हाइड्रोपावर निर्माण भए पश्चात ३५ बर्ष सम्मा डोल्ती हाइड्रोपावर कम्पनी प्रा.लिलै नै सञ्चालन गर्ने र ३५ बर्ष पछाडी मात्र नेपाल सरकारलाइ हस्तान्तरण गर्ने जनाइएको छ हाइड्रोपावर २ बर्षमा सम्पन्न गर्ने लक्ष्य अनुसार हाल सम्म ७० प्रतिशत काम सिकएको प्रमुखको भनाइ छ ।

यसलाई २०७६ जेष्ठ दोस्रो हप्ता सम्म सक्ने गरी काम भइरहेको जनाइएको छ । जेष्ठ सम्म हाइड्रोपावरको काम सम्पन्न भए पनी बत्ति बल्न भने केही समय लाग्ने जानकारी छ । आजभोली नौमुले हाइड्रोपावर हवले चिनिएको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...