News Portal

सिम्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा जाँदा सेवाग्राही मर्कामा

भ्रमणका लागि गाउँसभाले चालू आर्थिक वर्षका लागि १० लाख ३० हजार रुपियाँ छुट्याएको थियो।

हिमाली संचार संवाददाता
७१७ पटक

सुर्खेत : पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष लगायत अन्य ४० जनाको जम्बो टोली भ्रमणमा निस्केपछि सेवाग्राहीहरु प्रभावित भएको नागरिकन्युजले खबर लेखेको छ।

गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीसहितका जनप्रतिनिधि र कार्यकारी अधिकृतसहितका कर्मचारी शुक्रबारदेखि पूर्वी नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा छन्। जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएपछि गाउँपालिकाले प्रदान गर्ने सेवा ठप्प भएका छन्।

‘गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी छैनन्, शुक्रबारदेखि कुनै पनि सेवा लिन पाएका छैनौं’ सिम्ता गाउँपालिका–२ का चित्रबहादुर थापाले भने, ‘आएका सेवाग्राही जनप्रतिनिधि र कर्मचारी नहुँदा फर्कने गरेका छन्।

थापा आइतबार नाहागाउँ खानेपानी आयोजनाको संझौताका लागि काँफलकोटबाट गाउँपालिकाको केन्द्र राकम पुगेका थिए। ‘जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएकाले कार्यालय बन्द थियो’ उनले भने, ‘मजस्तै धेरै सेवाग्राही सेवा नपाएर फर्किने गरेका छन्।

केही वडा अध्यक्षहरुले भ्रमणको विरोध गरेर वहिष्कार गरेका छन्। भ्रमणका लागि गाउँसभाले चालू आर्थिक वर्षका लागि १० लाख ३० हजार रुपियाँ छुट्याएको थियो।

भ्रमणका नाममा फजुल खर्च गर्नुभन्दा विकास निर्माणमा प्रयोग गर्न प्रस्ताव राखेका थियौं’ वडा नम्वर–२ का अध्यक्ष हरिबहादुर सिंह ठकुरीले भने, ‘हाम्रो प्रस्ताव अस्वीकृत भएपछि भ्रमण बहिस्कार गरेका हौं।’ सिम्ता गाउँपालिकाका ३ जना वडा अध्यक्षसहित १५ जनाले भ्रमण बहिस्कार गरेका छन्।

गाउँपालिकाका अध्यक्षसहितको टोलीले पोखरा, लमजुङ लगायतका जिल्लाको भ्रमण गरेको छ। लमजुङको घलेगाउँमा रहेको होम–स्टे (घरबास) अवलोकन गरेर सोमबार फर्किने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए।

गाउँपालिकाले भ्रमणका कति रकम खर्च भयो भन्ने खुलाएको छैन्। ‘अघिल्लो वर्ष भ्रमणका लागि छुट्याइएको बजेट खर्च नगरेर विकासमा लगायौं’ अध्यक्ष केसीले भने, ‘यो वर्ष छुट्याइएको मध्येको रकमबाट अवलोकन भ्रमणमा आएका हौं।

http://himalisanchar.com/2019/03/10816

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...