News Portal

  • सिम्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा जाँदा सेवाग्राही मर्कामा

    भ्रमणका लागि गाउँसभाले चालू आर्थिक वर्षका लागि १० लाख ३० हजार रुपियाँ छुट्याएको थियो।

    हिमाली संचार संवाददाता
    ६४२ पटक

    सुर्खेत : पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष लगायत अन्य ४० जनाको जम्बो टोली भ्रमणमा निस्केपछि सेवाग्राहीहरु प्रभावित भएको नागरिकन्युजले खबर लेखेको छ।

    गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीसहितका जनप्रतिनिधि र कार्यकारी अधिकृतसहितका कर्मचारी शुक्रबारदेखि पूर्वी नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणमा छन्। जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएपछि गाउँपालिकाले प्रदान गर्ने सेवा ठप्प भएका छन्।

    ‘गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी छैनन्, शुक्रबारदेखि कुनै पनि सेवा लिन पाएका छैनौं’ सिम्ता गाउँपालिका–२ का चित्रबहादुर थापाले भने, ‘आएका सेवाग्राही जनप्रतिनिधि र कर्मचारी नहुँदा फर्कने गरेका छन्।

    थापा आइतबार नाहागाउँ खानेपानी आयोजनाको संझौताका लागि काँफलकोटबाट गाउँपालिकाको केन्द्र राकम पुगेका थिए। ‘जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएकाले कार्यालय बन्द थियो’ उनले भने, ‘मजस्तै धेरै सेवाग्राही सेवा नपाएर फर्किने गरेका छन्।

    केही वडा अध्यक्षहरुले भ्रमणको विरोध गरेर वहिष्कार गरेका छन्। भ्रमणका लागि गाउँसभाले चालू आर्थिक वर्षका लागि १० लाख ३० हजार रुपियाँ छुट्याएको थियो।

    भ्रमणका नाममा फजुल खर्च गर्नुभन्दा विकास निर्माणमा प्रयोग गर्न प्रस्ताव राखेका थियौं’ वडा नम्वर–२ का अध्यक्ष हरिबहादुर सिंह ठकुरीले भने, ‘हाम्रो प्रस्ताव अस्वीकृत भएपछि भ्रमण बहिस्कार गरेका हौं।’ सिम्ता गाउँपालिकाका ३ जना वडा अध्यक्षसहित १५ जनाले भ्रमण बहिस्कार गरेका छन्।

    गाउँपालिकाका अध्यक्षसहितको टोलीले पोखरा, लमजुङ लगायतका जिल्लाको भ्रमण गरेको छ। लमजुङको घलेगाउँमा रहेको होम–स्टे (घरबास) अवलोकन गरेर सोमबार फर्किने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए।

    गाउँपालिकाले भ्रमणका कति रकम खर्च भयो भन्ने खुलाएको छैन्। ‘अघिल्लो वर्ष भ्रमणका लागि छुट्याइएको बजेट खर्च नगरेर विकासमा लगायौं’ अध्यक्ष केसीले भने, ‘यो वर्ष छुट्याइएको मध्येको रकमबाट अवलोकन भ्रमणमा आएका हौं।

    http://himalisanchar.com/2019/03/10816

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...