News Portal

सिंहदरबारको फुटपाथमा नेकपाको झण्डावाल भारतीय सवारी, कहाँ छ ट्राफिक प्रहरी ?

हिमाली संचार संवाददाता
४२६ पटक

काठमाडौं : नेकपाको झन्डा, भारतीय नम्बरप्लेट ! गाडीभित्र चालक निदाइरहेका छन् । पैदलयात्रीलाई हिँड्नसमेत अप्ठेरो हुनेगरी फुटपाथमै चढाएर गाडी पार्किङ गरिएको थियो । सो गाडीपछाडि फुटपाथमै अर्को गाडी पनि पार्किङ गरिएको थियो, त्यसमा भने चालक थिएनन् । सोही स्थानमा निर्माण भइरहेको नयाँ होटल अगाडि पुरै फुटपाथ ढाकेर थुप्रै संख्यामा मोटरसाइकल पार्किङ गरिएको थियो ।

सिंहदरबारकै छेउमा रहेको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको गेटमा पार्किङ गरिएको मोटरसाइकलको हावा खुस्काइरहेका थिए कार्यालयका सुरक्षागार्ड। गेट नै अवरुद्ध हुने गरी मोटरसाइकल पार्किङ गरेपछि अलिकति हावा खुस्काइ दिएको उनले बताए ।

यता, जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै बबरमहल आउने बाटोमा नो पार्किङ लेखेको बोर्ड पनि राखिएको छ । तैपनि बाटो नै अवरुद्ध हुने गरी मोटरसाइकल पार्किङ हुने गरेको छ । त्यस आसपास एक–दुईजना ट्राफिक प्रहरी पनि घुमिरहेका देखिन्छन् ।

तर पैदलयात्रु हिँड्ने फुटपाथ यसरी अनाधिकृत पार्किङको शिकार बनिरहँदा उनीहरु मुकदर्शक बनिरहेका छन् । फुटपाथ पनि सवारी साधनले कब्जा गर्न थालेपछि पैदलयात्रु सडकमा हिँड्न बाध्य छन् । यसले दुर्घटनाको जोखिम बढाइरहेको छ । – रातोपाटी

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...