News Portal

कार्यालय प्रमुख दाहालसहित ४ जना प्रक्राउ

६९० पटक

तेह्रथुम – लालीगुराँस नगरपालिका तेह्रथुमको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ । ती समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयका २ वटा कुर्सीसमेत भाँचिदिएका छन् । पक्राउ परेकालाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले बताउनुभयो । उहाँका अनुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । रासस

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...