News Portal

अपिल लामा सिगापुरको पढाइ छोडेर हिमाली जिल्ला मनाङमा माछापालनमै ब्यस्त

७२६ पटक

मनाङ – सिगापुरमा ‘A’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब ३ रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि उनी व्यवसाय शुरु गर्दै आएका छन् ।

समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा सञ्चालन गरिएको यस माछाफार्म हिमाली जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको छ । यस फार्ममा रेन्वो टा«उट जातका माछा राखिएको छ । शुरुमा हिमाली आयोजनाको रु ५६ लाख सहयोग र आफ्नो २५ प्रतिशत गरी जम्मा रु ८५ लाखमा सञ्चालन गरेको लामाले बताए ।

लामा भन्छन्, “हामी पढेका युवा विदेशमै रह्यौं भने हाम्रो देशमा को बस्ने र कसले गर्ने देशको विकास ?  विदेशमा पढेर स्वदेशमा आफ्नो गाउँठाउँमा केही गर्नुपर्छ भन्ने मान्यताले म सिंगापुरको ‘ए’ लेवलको पढाइ छोडेर आफ्नै गाउँमा यो व्यवसाय गरेको छु ।”

लामाको फार्ममा साना भुरा माछा उत्पादनका लागि आठ वटा रेस मार्ग बनाइएको छ, भने ठूला माछाका लागि ११ वटा रेस मार्ग रहेको छ । उनले शुरुमा नुवाकोट सुनखानीबाट पाँच हजार माछाका भुरा ल्याएर राखेको र त्यसमा केही माछाका भुरा हावापानी र वातावरण नमिलेर मरेको र हाल तीनै बाँचेकाबाट उत्पादन लिइरहेको बताए । यस फार्ममा हाल ७ हजार माछा हुर्किरहेका छन् ।

आफ्नै ठाउँको ताजा माछा खान पाउँदा यहाँका मानिस खुशी भएको लामाको भनाइ छ । प्रति किलो रु १ हजार ४०० मा धमाधम बिक्री भएको र ग्राहकको मागअनुसार आफूले पुराउन नसकेको लामाले बताए ।

प्रत्येक दिन १२ देखि १५ किलोसम्म माछा बेच्ने गरेको र होटल व्यवसायको लागि पुर्याउन नसकेको उनका भनाइ छ । लामा र उनकी श्रीमती दिलमाया गुरुङले सम्हाल्दै आएको यस माछा फार्मबाट मासिक रु १ लाख २० हजार भन्दा बढी आम्दानी हुने गरेको श्रीमती गुरुङले बताइन् । रासस

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...