सुर्खेतको सिम्तामा १६ बर्षिया बालिकाको बलात्कार पछि हत्या
सुर्खेत ११, फाल्गुन : सुर्खेतको सिम्ता गाउपालिका-४, नाड (साबिकको बजेडिचौर-५) की १६ बर्षिया बालिका रेखा खड्काको बलात्कार पछि हत्या भएको छ ।
शुक्रबार बिहान ७ बजे मात्रै घर देखि करिब ४ सय मिटर नजिकको बारिमा बलात्कार गरि उनकै सलले रुखमा झुन्डाएर हत्या गरि भुइमा फालिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय छिन्चुलाई उदृड गर्दै रेडियो भेरीगंगा एफएमले जनाएको छ।
रेखा बिहीबार बेलुका घरमा नआएपछि परिवारका सदस्यले खोजी गरेका थिए। उनी घर देखि आफ्नो प्रेमी भेटन गएको रेखाका आफन्तले बताएका छन ।
इलाका प्रहरी कार्यालय छिन्चुले उनको प्रेमी सहित ३ जनालाइ नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको जनाएको छ। तर नियन्त्रणमा लिएका ती ब्यक्तिको नाम ठेगाना भने गोप्य राखिएको बताइएको छ।

















