News Portal

पश्चिम रुकुममा रेडपाण्डाको छालासहित १ युवक पक्राउ 

हिमाली संचार संवाददाता
५१० पटक

हरि गौतम
रुकुम पश्चिम : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेडपाण्डाको ३ वटा छाला सहित बाँफिकोट गाउँपालिका–३ कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो ।

शुक्रवार मुसीकोट नगरपालिका–१ गिल्वाङमा ग ५ प ११६५ नम्बरको मोटरसाइकलमा सदरमुकामतर्फ आइरहेको अवस्थामा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विकले बोकेको झोलाभित्र रेडपाण्डको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति तथा बरामद रेडपाण्डाको छाला सार्वजनिक गरेको हो। मोटरसाइकल पछाडी बस्ने नामथर र ठेगाना नखुलेका प्रतिक भनिने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ।

प्रतिकलाई नियन्‌त्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको डीएसपी खड्काले बताए। नियन्त्रणमा लिने त्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते भएका छन्। विष्टको खुट्टामा गहिरो चोट लागेको छ।

मोटरसाइकल पछाडि बस्नेको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अुनसन्धानपछि रेडपाण्डाको छाला र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय पठाइने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...