News Portal

पश्चिम रुकुममा रेडपाण्डाको छालासहित १ युवक पक्राउ 

हिमाली संचार संवाददाता
४६० पटक

हरि गौतम
रुकुम पश्चिम : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेडपाण्डाको ३ वटा छाला सहित बाँफिकोट गाउँपालिका–३ कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो ।

शुक्रवार मुसीकोट नगरपालिका–१ गिल्वाङमा ग ५ प ११६५ नम्बरको मोटरसाइकलमा सदरमुकामतर्फ आइरहेको अवस्थामा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विकले बोकेको झोलाभित्र रेडपाण्डको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति तथा बरामद रेडपाण्डाको छाला सार्वजनिक गरेको हो। मोटरसाइकल पछाडी बस्ने नामथर र ठेगाना नखुलेका प्रतिक भनिने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ।

प्रतिकलाई नियन्‌त्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको डीएसपी खड्काले बताए। नियन्त्रणमा लिने त्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते भएका छन्। विष्टको खुट्टामा गहिरो चोट लागेको छ।

मोटरसाइकल पछाडि बस्नेको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अुनसन्धानपछि रेडपाण्डाको छाला र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय पठाइने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...