News Portal

सडक दुर्घटनामा घाइते प्रदेश सांसद ओलीको निधन

हिमाली संचार संवाददाता
५५१ पटक

सडक दुर्घटनामा गम्भीर घाइते दाङका प्रदेश सांसद् उत्तरकुमार ओलीको बिहीबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा राति ३ बजे ओलीको निधन भएको हो ।

केही दिनअघि घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको सांसद् ओली सवार बा १८ च ६८३६ नम्बरको कार घोराही उपमहानगरपालिका-३ मसोटखोला नजिक ठोक्किदा दुर्घटना भएको थियो । उक्त घटनामा बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते ओलीलाई कोहलपुर मेडिकल कलेजमा एक दिन राखेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडाैं लगिएको थियो । दाङको दंगिशरण गाउँपालिकाको श्रीगाउँमा जन्मिएका ३७ वर्षीय ओली दाङ क्षेत्र नं. ३ ‘ख’ बाट तत्कालीन एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

ओलीको शव शुक्रबार दिउँसो हेलिकोप्टरबाट दाङ ल्याउने तयारी गरिएको छ । नेकपाको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली गरी दाङ ल्याउने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । ओलीका श्रीमती र दुई छोरा छन् । कान्तिपुर

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...