News Portal

  • समाज कल्याणका उपाध्याक्ष बराल सहित ५ जना पदमुक्त

    हिमाली संचार संवाददाता
    ४२८ पटक

    काठमाडौँ : बदनियतपूर्ण र कानुनविपरीत काम गरेको भन्दै समाज कल्याण परिषद्का उपाध्याक्षसहित ५ जनालाई पदमुक्त गरिएको छ । यही फागुन ३ गते बसेको मन्त्रपरिषद् बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, सदस्य गोकर्णप्रसाद भट्ट र सदस्य-सचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

    बदनियतपूर्ण र कानूनविपरीत कार्यहरूगरी समाज कल्याण परिषद्लाई हानी पुर्‍याएकाले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले प्रस्ट्याए ।

    मन्त्रिपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने बिहीबार सिंहदरबारमा आयोजित पत्रकारसम्मेलनमा मन्त्री बाँस्कोटाले समाज कल्याण परिषद्‌मा भएको आर्थिक, प्रशासनिक लगायतको अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम थप अनुसन्धान गरी कानुनी कारबाही गर्न प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णयसमेत गरिएको जानकारी दिए ।

    मुलुकमा भ्रष्टाचार र बेइमानी गर्नेलाई कानुनी कारबाही गर्न सरकार पछि नपर्ने उनले बताए । समाज कल्याणको अनियमिततापछि कारबाही अघि बढाएकोमा भ्रष्टाचार बढेको नभएर कारबाही गरेको विषयलाई प्रचार गरिदिन मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई आग्रह गरे ।

    यस्तै सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (वाणिज्य तथा आपूर्ति) सचिवलाई नेपाल खाद्य संस्थानको सञ्चालक समिति अध्यक्ष तोकेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव सूर्यप्रसाद गौतमलाई बढुवा गरी महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित विशिष्ट श्रेणीको महालेखा नियन्त्रक पदमा पदस्थापन गर्ने निर्णय गरिएको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए । बैठकले महासेनानी गणेशकुमार श्रेष्ठलाई सहायक रथी दर्जामा पदोन्नति गरी पदस्थापन गरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेत पठाईदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडाैं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक...

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...