News Portal

नेपाल आमालाई पुकार

हिमाली संचार संवाददाता
६५० पटक

~ चक्र राना

नेपाल र नेपालीपन खोज्न म, कविताको पहाड चढिरहेको बेला
कठ्याग्रिदो पतझरको सिरेठोसँग पौठेजोरी खेल्दै गोधुलिमा बास माग्दै गर्दा
तर्साई रहने ति छदमभेषी प्रवृतिहरुसँग लागिरहनलाई
सन्तोषरुपी स्वास दिलाउँदै आउ आमा आफ्नो नेपालीपन हराएको बेला

कोष टाढाको दूरी नजिक ल्याउनलाई मरिमेट्दै गर्दा
बन्धुबान्धबको नाता नजिकतिर गर्दै, सबैलाई जोड्न
आमासँग ममताको भिख माग्न आएको दुःख आज फेरी
विन्ती, आमा तिमीलाई, बचाउनने छ्यौ हामी अधेरोमा पर्दा

कति ? सन्तान भौत्तारिय विदेशतिर बेरोजगार भईकन
प्रकृतिको प्रयाप्तता, जलस्रोतका धनी हामी भए पनि
सम्भावना लाखौलाख खानी, खनिज सजाईकन
आईदेउ आमा विन्ति फेरी, सबैसँग समान पहुच ल्याईकन

प्रजान्तत्र, लोकतन्त्र, गणतन्त्र आमा नेपालमा जतातकै तन्त्रैतन्त्र
शिकाउ आमा यिनलाई आज सवैलाई जिउन सक्ने सहि मन्त्र
सेवा भाव, सदभाव सुविचारको सदाचारी भन्दै गर्ने जतिलाई
बाहिर सेवाभाव मात्र, हटाउभित्र भ्रष्टाचारी मति भाकाजतिलाई

शिक्षा क्षेत्र अस्तव्यस्त नितिनियम एकातिर
काम कुरो एकातिर कुम्लो पारी अर्काेतिर
अनिवार्य निःशुल्क शिक्षा अरे जताततै शल्कै शुल्क
गरिवका छोरा–छोरी पढ्ने कसरी आएका वेला राउ, उल्का

बुझ्नेलाई श्रीखण्ड नबुझ्ने जातिलाई खैके खैके ?
कहिल्यै सुमति फर्कियोसन् हामी नेपालीको मतितिर
शिकाईदेउ नेपाल आमा नेपाललाई समान चालको गतितिर
बढाउ दृष्टि गरिब अनि निमुखाहरु बस्ने झुपडी र बस्तीतिर।।

– सुर्खेत अवलचिङ, धरम पोखरा

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...