News Portal

आज २०७५ साल फागुन ७ गते, सन् २०१९ फेब्रुवरी १९ तारिख मंगलबारको राशिफल

हिमाली संचार संवाददाता
५५९ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।

बृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा विभिन्न अवसर प्राप्त भए पनि तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दुविधा बढ्नेछ भने गोपनीयता बाहिरिन सक्छ। व्यापार लगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ। हतारको निर्णयले काममा अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनु बेस होला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका साथ चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
श्रमको मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आम्दानी रोकिनाले तत्काललाई कर्जाको रकम लिनुपर्ने हुन सक्छ। छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुने समय छ। आम्दानी बढ्नाले नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। पेसा र व्यापारमा राम्रै लाभांश हातलागी हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो प्रगति हुनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
वातावरण अनुकूल देखिए पनि समयमा लाभ उठाउने चेष्टा नगर्दा पछि परिएला। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मिहिनेतले प्रतिफल दिलाउनेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुपर्ला।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...