News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ : कांग्रेस

    हाम्रो संचार संवाददाता
    ६१९ पटक

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ । उसले भोलि संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ ।

    संसदीय सुनुवाई विशेष समितिले शुक्रबार दुई तिहाई बहुमतका आधारमा दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेको थियो । समितिमा रहेका कांग्रेसका चार सांसदले भने मतदान प्रक्रिया बहिस्कार गरेका थिए ।

    शनिबार बसेको कांग्रेस शीर्ष नेताहरु र संसदीय दलको छुट्टा-छुट्टै बैठकले सुनुवाई समितिको निर्णयले स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार भएको ठहर छ । सरकारले स्वतन्त्र न्यायपालिकालाई नियन्त्रित गर्न खोजेको उसको आरोप छ ।

    प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री ओलीको दोहोरो भूमिका देखिएको कांग्रेसको निष्कर्ष छ । ‘संवैधानिक परिषद्ले कुन आधारमा सिफारिस गर्‍यो र प्रधानमन्त्रीकै सत्तारुढ पार्टीले के भनेर उल्टायो ? यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भनेका छन् ।

    संसदमा जवाफ माग्ने तयारी

    कांग्रेसले भोलिको संसद बैठकमा यसबारे प्रधानमन्त्री ओलीको जवाफ माग्ने तयारी गरेको छ ।

    राजनीतिक नियुक्तिहरुमा राष्ट्रिय सहमति होस् भनेर विपक्षी दलका नेता समेत रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको स्मरण गराउँदै कांग्रेसले प्रधानमन्त्रीलाई सोधेको छ, अस्वीकृत गर्नु थियो भने जोशीलाई किन प्रस्ताव गरेको ?’

    साथै सत्तारुढ दल नेकपाको बहुमत रहेको सुनुवाई समितिले राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको कांग्रेसको आरोप छ । ‘सरकार र सत्तारुढ दलले स्वतन्त्र न्यायपालिकालाई नियन्त्रित न्यायपालिकाको रुपमा विकास गर्न खोजेको छ’ बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘यसलाई हामीले स्वतन्त्र न्यायपालिकामाथिको आक्रमण भएको निष्कर्ष निकालेका छौं ।’

    लोकतन्त्रको विपक्षमा र स्वतन्त्र न्यायपालिकालाई कमजोर पार्ने रणनीतिका साथ यो कदम चालिएको भन्दै कांग्रेसले जनतालाई साथ लिएर अघि बढ्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    नागढुंगा–नौबिसे सडक पाँच दिनका लागि बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

    काठमाडौं, जेठ २५ – नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधारका कार्यलाई तीव्रता दिइँदै गर्दा आगामी सोमबार...

    चार संसदीय समिति आइतबार बस्दै, कृषि, विधायन, संरक्षण र संघीयता सबलीकरणका विषयमा छलफल

    काठमाडौं, असार २५ — प्रतिनिधिसभाका चार वटा समितिहरू आइतबार आ-आफ्नो कार्यसूचीसहित बैठकमा बस्दैछन्। कृषि प्रणाली,...

    आजको राशिफल

    आज जेठ २५, २०८२ (जुन ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...