News Portal

  • ३ महिने ढाका वुनाइ र २ महिने हावस वायरिङ तालिम सञ्चालन

    हिमाली संचार संवाददाता
    ४९७ पटक
    दुर्गा वि.सी.

    सुर्खेत ६ फाल्गुण : सिम्ता गाउँपालिकामा ३ महिने ढाका वुनाइ र २ महिने हावस वायरिङ तालिमकाे अाज उद्घाटन भएकाे छ। जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत सिम्ता गाउपालिका र घरेलुु तथा साना उद्योग विकास समिति सुर्खेतको संयुक्त अायाेजनामा महिला सञ्जाल सिम्ताकाे सहजिकरणमा ३ महिने ढाका बुनाई र २ महिने हाउस वायरिङ तालिम उद्घाटन भएको गरिएको छ ।

    दुबै तालिमकाे उद्धघाटन गाउँ पालिका अध्यक्ष कविन्द्र कुमार केसि, उपाध्यक्ष चन्द्रकला शाहि, गाउँपालिकाका कार्यलय प्रमुख जनक हमाल र घरेलुका वरिष्ठ लेखा अधिकृत माधव प्रसाद न्यौपानेले सयुक्त रूपमा गर्नुभएको थियो।

    उदघाटन कार्यक्रमको सञ्चालन महिला सञ्जालका अध्यक्ष गाेमा चन्दले गर्नुभएको थियो भने कार्यक्रम वडाध्यक्षहरू, कार्यपालिका सदस्य र वडा सदस्यहरू सहभागीता रहेको थियो। ३ महिने ढाका बुनाई तालिममा विभिन्न वडाबाट १५ जना महिला र २ महिने हाउस वायरिङ तालिमकाे लागि विभिन्न वडाबाट २७ जना युवाहरूको सहभागीता रहेको छ।

    तालिमको उदेश्य गरिबी न्यूनीकरण गरि अाय अार्जन वृद्धि र युवालाई उद्यमशीलता बनाएर राेजगार सिर्जना गर्ने रहेको छ। हाउस वायरिङ तालिमको उदेश्य उज्यालो सिम्ता सफल बनाउनका लागि पुर्व जनशक्ति उत्पादन गर्ने मुख्य लक्ष्य रहेको गाउँपालिका अध्यक्ष केसिकाे भनाइ रहेकाे छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...