News Portal

३ महिने ढाका वुनाइ र २ महिने हावस वायरिङ तालिम सञ्चालन

हिमाली संचार संवाददाता
५४७ पटक
दुर्गा वि.सी.

सुर्खेत ६ फाल्गुण : सिम्ता गाउँपालिकामा ३ महिने ढाका वुनाइ र २ महिने हावस वायरिङ तालिमकाे अाज उद्घाटन भएकाे छ। जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत सिम्ता गाउपालिका र घरेलुु तथा साना उद्योग विकास समिति सुर्खेतको संयुक्त अायाेजनामा महिला सञ्जाल सिम्ताकाे सहजिकरणमा ३ महिने ढाका बुनाई र २ महिने हाउस वायरिङ तालिम उद्घाटन भएको गरिएको छ ।

दुबै तालिमकाे उद्धघाटन गाउँ पालिका अध्यक्ष कविन्द्र कुमार केसि, उपाध्यक्ष चन्द्रकला शाहि, गाउँपालिकाका कार्यलय प्रमुख जनक हमाल र घरेलुका वरिष्ठ लेखा अधिकृत माधव प्रसाद न्यौपानेले सयुक्त रूपमा गर्नुभएको थियो।

उदघाटन कार्यक्रमको सञ्चालन महिला सञ्जालका अध्यक्ष गाेमा चन्दले गर्नुभएको थियो भने कार्यक्रम वडाध्यक्षहरू, कार्यपालिका सदस्य र वडा सदस्यहरू सहभागीता रहेको थियो। ३ महिने ढाका बुनाई तालिममा विभिन्न वडाबाट १५ जना महिला र २ महिने हाउस वायरिङ तालिमकाे लागि विभिन्न वडाबाट २७ जना युवाहरूको सहभागीता रहेको छ।

तालिमको उदेश्य गरिबी न्यूनीकरण गरि अाय अार्जन वृद्धि र युवालाई उद्यमशीलता बनाएर राेजगार सिर्जना गर्ने रहेको छ। हाउस वायरिङ तालिमको उदेश्य उज्यालो सिम्ता सफल बनाउनका लागि पुर्व जनशक्ति उत्पादन गर्ने मुख्य लक्ष्य रहेको गाउँपालिका अध्यक्ष केसिकाे भनाइ रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...