News Portal

श्रम विभागमा अझै दलालको रजाइँ, पाँच जना पक्राउ

हिमाली संचार संवाददाता
४४६ पटक

काठमाडौँ : दलाल-विचौलियाविरुद्ध कठोर भएको जनाउ सरकारले दिए पनि श्रम तथा वैदेशिक रोजागर विभागमा भने अझै दलालकै रजगज छ । देशका विभिन्न स्थानबाट श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीले अझै पनि दलालको सहयोगबिना कर्मचारीबाट काम लिन नसक्ने गुनासो यथावत रहेको छ ।

सेवाग्राहीहरुले ठगिने क्रम नरोकिएको गुनासो गरेपछि पछिल्लो पटक प्रहरीले राजधानीका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको छ।  प्रहरीका अनुसार श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचल पुगेका सेवाग्राहीलाई दलालहरुले कार्यालयमा पसेर सिधै सेवा लिन नदिने गरेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार बिचौलिया र दलालहरुले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान रोक्ने गरेको र नक्कली भिषा कार्ड बनाउने गरेको गुनासो आएको थियो ।

सेवाग्राहीको गुनासोपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट टोली परिचालन गरी कारबाही अघि बढाएको थियो । प्रहरी श्रम विभाग पुग्दा श्रम स्वीकृतिका लागि आएका इन्द्र बहादुर रजाली मगरको राहदानी नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको भेट्टाएको थियो ।

‘विभागको जानकारी अनुसार मगरलाई र उनको राहदानी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनको कार्ड बनाउन गणेश कटुवालले सहयोग गरेको  खुलेको छ’, बोगटीले भने, ‘कटुवाललाई मित्रनगरस्थित मेचिकाली गेस्टहाउसबाट नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले कृष्ण प्रसाई बर्षा फोटो स्टुडियोले बनाइदिएको खुलेको छ ।

बोगटीका अनुसार कृष्ण प्रसाईलाई शनिबार मित्रनगरस्थित बर्षा फोटो स्टुडियोमा पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ। अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...