News Portal

नेपाली महिलालाई बेलायती सेनामा नपठाऊ संसदीय समितिको निर्देशन

हिमाली संचार संवाददाता
४७७ पटक

काठमाडौं : संसदीय समितिले बेलायती सेनामा नेपाली महिलालाई नपठाउन निर्देशन दिएको छ । ब्रिटिस सेनामा झण्डै २०३ वर्षदेखि ब्रिगेड अफ गोर्खाज अभिन्न अंग जस्तै बनेको छ । बेलायतले हालै मात्र सन् २०२० सम्म नेपाली महिलालाई पनि भर्ना लिने बताएको थियो ।

तर, संसदको अन्तराष्ट्रिय सम्बन्धन समितिले नेपाली महिलालाई बेलायती सेनामा नपठाउन भनेको छ । यदि कोही गएका छन् भने फिर्ता बोलाउन पनि निर्देशन दिएको छ ।

नेपाली महिलाहरु बेलायती सेनामा जाने प्रक्रियामा रहेको सुनिएपनि यसबारे यकिन जानकारी संसदीय समितिसँग छैन । सरकारी अधिकारीहरुले भने बेलायतले प्रस्ताव गरेको जानकारी दिएको सभापति पवित्रा निरौलाले बताइन् ।

२०३ वर्ष भएछ नेपालीहरुले बेलायती सेनामा काम गरेको । कतिको मृत्यु भयो, कति घाइते भए भन्ने तथ्यांक समेत नेपाल सरकारलाई उपलब्ध गराएको छैन’ निरौलाले भनिन्, ‘पहिलो र दोस्रो विश्वयुद्धमा मृत्यु भएकाको परिवारको विजोग छ । तलबमान समान छैन भने महिलालाई किन फेरि किन पठाउने ?

नेपाली महिलालाई बेलायती सेनामा पठाउने प्रस्ताव अस्वीकार गर्नुपर्ने समितिको ठहर छ । साथै भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन पनि दिएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...