News Portal

  • तीन महिना देखि रंगेली अस्पताल दुर्गन्धित

    हिमाली संचार संवाददाता
    ७२३ पटक
    रबिन्द्र बराल, मोरङ

    फाल्गुन ४ शनिबार : माेरङकाे रंगेली नगरपालिका ७ मा नवनिर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सरसफाइमा ध्यान नदिदा ३ महिना देखि शाैचालयकाे सेप्टि ट्याङ्कि समयमै सर सफाइ नहुदाँ डाक्टर तथा बिरामीहरुले दुर्घन्धमै वसेर उपचार गराउन बाध्य रहेका छन ।

    दैनिकी दर्जनाै बिमारीले प्रयोग गर्ने शाैचालयकाे सेप्टि ट्याङ्की भरिएको कारण बाहिरकाे बाताबरण दुर्घन्ध फैलिएको छ। नेपाल सरकारले साउन महिना देखि अस्पताल ब्यवस्थापन समिति खारेज गरेपछि हालसम्म अस्पताल व्यवस्थापन समिति निर्माण नहुदाँ अस्पतालमा हुने बिकास निर्माण देखि करारमा रहेका कर्मचारीहरुकाे तलव समेत उपलब्ध हुन सकेको छैन । भने अार्थिक काम सबै ठप्प भएको छ ।

    अहिले रंगेली अस्पतालमा व्यवस्था समिति नभएकै कारण सामान्य शाैचालयकाे सेप्टि ट्याङ्कीकाे सरसफाइ नहुदाँ दैनिकी उपचार गराउन अाउने बिरामीहरु दुर्घन्धमै उपचार गराउन बाध्य रहेका छन। अस्पतालका सुचना अधिकृत गाेविन्द कटुवालका अनुसार ९ महिना देखि अस्पतालमा बिकास समिति नहुनु र नेपाल सरकारले समयमै समिति गठन नगरेका कारण अहिले यस्तो समस्य देखा परेको र जब सम्म बिकास समिति हुदैनन् त्याे समय सम्म यस्तै समस्या रहने समेत बताए ।

    सरकारी अस्पताल भन्ने बितिकै सम्पन्न घरपरिवारहरु उपचारमा अाउदैन्न सरकारी अस्पतालमा अधिकान्स विपन्न तथा गरिव घर परिवारका सर्वसाधारण उपचार गराउन अाउने स्थान हाे । तर उनिहरु पनि सेवा र सुविधा र सरसफाइ नहुदा समेत निजी अस्पतालमा उपचार गराउनका लागि जान बिवस छन । उक्त अस्पतालमा दैनिकी सयौं जना गरिव परिवार तथा अति विपन्न घर परिवारका सर्वसाधारणहरुले उपचार गराउदै अाईरहेका छन ।

    रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारतकाेे कुर्साकट्टा, कुवाडि तथा सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने सर्वसाधारणहरुले उपचार सेवा लिदै अाएका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...

    आज २०८२ साल भदौ २० गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतको अमान एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा भाग्यशाली विजेतालाई १ लाख बम्पर पुरस्कार !

    कमल सिंह ठकुरी कुवेत। कुवेतको बहुप्रतिठित करेन्सी एक्सचेन्ज कम्पनी अमान एक्सचेन्जबाट नेपालको सिटी एक्सप्रेस मनी...