News Portal

तीन महिना देखि रंगेली अस्पताल दुर्गन्धित

हिमाली संचार संवाददाता
८२१ पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन ४ शनिबार : माेरङकाे रंगेली नगरपालिका ७ मा नवनिर्मित रंगेली जिल्ला अस्पताल २०७३ सालमा ४ करोडकाे लागनिमा निर्माण गरिएको दुई तल्ले पक्की भवन ३२ काेठा बने भएता पनि सरसफाइमा ध्यान नदिदा ३ महिना देखि शाैचालयकाे सेप्टि ट्याङ्कि समयमै सर सफाइ नहुदाँ डाक्टर तथा बिरामीहरुले दुर्घन्धमै वसेर उपचार गराउन बाध्य रहेका छन ।

दैनिकी दर्जनाै बिमारीले प्रयोग गर्ने शाैचालयकाे सेप्टि ट्याङ्की भरिएको कारण बाहिरकाे बाताबरण दुर्घन्ध फैलिएको छ। नेपाल सरकारले साउन महिना देखि अस्पताल ब्यवस्थापन समिति खारेज गरेपछि हालसम्म अस्पताल व्यवस्थापन समिति निर्माण नहुदाँ अस्पतालमा हुने बिकास निर्माण देखि करारमा रहेका कर्मचारीहरुकाे तलव समेत उपलब्ध हुन सकेको छैन । भने अार्थिक काम सबै ठप्प भएको छ ।

अहिले रंगेली अस्पतालमा व्यवस्था समिति नभएकै कारण सामान्य शाैचालयकाे सेप्टि ट्याङ्कीकाे सरसफाइ नहुदाँ दैनिकी उपचार गराउन अाउने बिरामीहरु दुर्घन्धमै उपचार गराउन बाध्य रहेका छन। अस्पतालका सुचना अधिकृत गाेविन्द कटुवालका अनुसार ९ महिना देखि अस्पतालमा बिकास समिति नहुनु र नेपाल सरकारले समयमै समिति गठन नगरेका कारण अहिले यस्तो समस्य देखा परेको र जब सम्म बिकास समिति हुदैनन् त्याे समय सम्म यस्तै समस्या रहने समेत बताए ।

सरकारी अस्पताल भन्ने बितिकै सम्पन्न घरपरिवारहरु उपचारमा अाउदैन्न सरकारी अस्पतालमा अधिकान्स विपन्न तथा गरिव घर परिवारका सर्वसाधारण उपचार गराउन अाउने स्थान हाे । तर उनिहरु पनि सेवा र सुविधा र सरसफाइ नहुदा समेत निजी अस्पतालमा उपचार गराउनका लागि जान बिवस छन । उक्त अस्पतालमा दैनिकी सयौं जना गरिव परिवार तथा अति विपन्न घर परिवारका सर्वसाधारणहरुले उपचार गराउदै अाईरहेका छन ।

रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्सि नगरपालिका, कानेपाेखरी नगरपालिकाका केही सर्वसाधारण तथा भारतकाेे कुर्साकट्टा, कुवाडि तथा सिमावर्ति क्षेत्रमा बसाेवास गर्ने सर्वसाधारणहरुले उपचार सेवा लिदै अाएका छन ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...