News Portal

भवन निमार्णमा नगर प्रमुखको ३ महिनाको तलब

हिमाली संचार संवाददाता
५२३ पटक
ज्ञानु गौतम, रुकुम

चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले नेपाल रेडक्रस सोसाईटी उपशाखा चौरजहारीको भवन निर्माणको लागीे आफुले पाउने सेवा सुबिधाको तिन महिनाको तलब दिने घोषणा गर्नुभएको छ ।

संस्थाको चौधौँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख शर्माले मासिक ३४ हजारका दरले आफुले पाउदै आएको तिन महिनाको १ लाख २ हजार रकम उपलब्ध गराउने बताउनु भयो ।

उहाँले भन्नु भयो “एकले थुकि सुकि सयले थुकि नदि त्यसकारण सबैले जति सकिन्छ त्यति सहयोग गरौ” कार्यक्रम रेडक्रस उपशाखा चौरजहारी सभापति तेज बहादुर बटालाको अध्यक्षता तथा नगर प्रमुख शर्माको प्रमुख आथित्यता र रेडक्रस जिल्ला सभापति शिबराम खत्रिको बिशेष आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांशले मानविय आपत विपद् लगायतका अन्य दुःखको बेला रेडक्रस देखा पर्ने भन्दै प्रत्येक सामुदायसँग प्रत्यक्ष पहुँच भएको संस्था रेडक्रस भएको बताएका थिए ।

कार्यक्रमा जिल्ला रेडक्रस सदस्य यदु आर्चालेले रेडक्रसले गरेको काम र रेडक्रसका बारेका प्रकाश पार्नु भएको थियो कार्यक्रमको सञ्चालन सचिब बसन्त भण्डारीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...