News Portal

अख्तियार आयुक्त पाठकद्वारा राजीनामा

हिमाली संचार संवाददाता
३६८ पटक

दुर्गा खनाल
काठमाडौँ : नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा दर्ता गराएका हुन्। उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ। नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दैघुस लिएका समाचार बाहिरिएपछि आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो।

नेकपा स्रोतका अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा देव गुरुङ, कृष्णभक्त पोखरेल र रामनारायण बिडारीले महाअभियोग पत्र तयार गरिरहेका थिए। आयुक्त पाठकविरुद्ध महाअभियोग दर्ता गर्नकै लागि नेकपा सांसदहरुको हस्ताक्षर संकलन पनि सुरु गरिसकेको थियो। शुक्रबार प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...