News Portal

एयरपोर्टबाटै ट्याक्सी चालकले यात्रुलाई कुटपिट गरेर लुटे १ लाख

हिमाली संचार संवाददाता
४४४ पटक

(फाइल तस्बिर)

काठमाडौँ : एकजना ट्याक्सी चालकले त्रिभुवन विमानस्थलको मूख्य गेट (गोल्डेन गेट) अगाडिबाट यात्रुमाथि लुटपाट गरेको अन्नपूर्णले समाचार लेखेको छ।

त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकैबाट ती ट्याक्सी चालकले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-९ का ५६ वर्षीय रामराजा कार्कीबाट लुटपाट गरेका हुन् ।

प्रहरीका अनुसार गोल्डेन गेट नजिकै सडकमा बा.१ ज ९०७१ नम्बरको ट्याक्सीका नाम थर नखुलेका चालकले कार्कीबाट बुधबार दिउँसो एक लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

त्यही ट्याक्सीले ठक्कर दिएर बायाँ खुट्टामा चोट लागेपछि सडकमा लडेका कार्कीको साथमा रहेको नगद ती ट्याक्सी चालकले लुटेर फरार भएका हुन् ।
ट्याक्सीले ठक्कर दिएपछि दुई पक्षबीच विवाद भएको थियो ।

विवादका क्रममा चालकले कार्कीलाई कुटपिटसमेत गरी नगद एक लाख रुपैयाँ लिएर फरार भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले फरार ट्याक्सी चालकको खोजी गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...