News Portal

एयरपोर्टबाटै ट्याक्सी चालकले यात्रुलाई कुटपिट गरेर लुटे १ लाख

हिमाली संचार संवाददाता
४०७ पटक

(फाइल तस्बिर)

काठमाडौँ : एकजना ट्याक्सी चालकले त्रिभुवन विमानस्थलको मूख्य गेट (गोल्डेन गेट) अगाडिबाट यात्रुमाथि लुटपाट गरेको अन्नपूर्णले समाचार लेखेको छ।

त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकैबाट ती ट्याक्सी चालकले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-९ का ५६ वर्षीय रामराजा कार्कीबाट लुटपाट गरेका हुन् ।

प्रहरीका अनुसार गोल्डेन गेट नजिकै सडकमा बा.१ ज ९०७१ नम्बरको ट्याक्सीका नाम थर नखुलेका चालकले कार्कीबाट बुधबार दिउँसो एक लाख रुपैयाँ लुटेर फरार भएका हुन् ।

त्यही ट्याक्सीले ठक्कर दिएर बायाँ खुट्टामा चोट लागेपछि सडकमा लडेका कार्कीको साथमा रहेको नगद ती ट्याक्सी चालकले लुटेर फरार भएका हुन् ।
ट्याक्सीले ठक्कर दिएपछि दुई पक्षबीच विवाद भएको थियो ।

विवादका क्रममा चालकले कार्कीलाई कुटपिटसमेत गरी नगद एक लाख रुपैयाँ लिएर फरार भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले फरार ट्याक्सी चालकको खोजी गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...