News Portal

विद्यार्थी नेतासँग मिलेर प्रहरी जवानको लागुऔषध करोबार, पोल खुलेपछि फरार

हिमाली संचार संवाददाता
४७४ पटक

विराटनगर १ फागुन : लागुऔषध करोबारमा सक्रिय एक प्रहरी जवान पोल खुलेपछि विदा लिएर फरार भएका छन् । विद्यार्थी नेतासँग मिलेर काठमाडौंमा लागुऔषध ओसारपसार गर्दै आएका  नेपाल प्रहरीका जवान जितेन्द्र यादव आफ्ना सहयोगी पक्राउ परेपछि विदा लिएर फरार भएका हुन् ।

भारतबाट लागुऔषध तस्करी गरी ल्याउदै गरेको अवस्थामा गत पुस २५ गते भरिया मात्रिकाप्रसाद यादव पक्राउ परेपछि अनुसन्धानका क्रममा विद्यार्थी नेता अभिमन्यू यादव र प्रहरी जवान जितेन्द्रको संलग्नता खुलेको हो ।

जोगवनीबाट ल्याएको लागुऔषध काठमाडौं पठाउन व्यवस्थापकीय भूमिका खेल्दै आएका अखिल क्रान्तिकारी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई अध्यक्ष अभिमन्यू यादव पक्राउ परेपछि डिल्ली बजार कारागारमा कार्यरत ३० बर्षका प्रहरी जवान जितेन्द्र विदा लिएर फरार भएका हुन् । गत पुस अन्तिम साता सात दिनको विदा लिएका यादव त्यसपछि पनि सम्पर्कमा छैनन् ।

पुस २५ गते जोगवनीबाट पैदल विराटनगर आउदै गरेका २० बर्षका मात्रिकाप्रसादलाई सशत्र प्रहरी बलको टोलीले पक्राउ गरी मुद्दा चलाउन नेपाल प्रहरीको जिम्मा लगाएको थियो । । मात्रिकाको साथबाट डाइजेल्याब १०३ एम्पुल, एभिल १८५ एम्पुल, नोफिन १०० एम्पुल, फेनारगन १२१ एम्पुल गरी जम्मा ५ सय ९ एम्पुल बरामद भएको थियो ।

मात्रिका पक्राउ परेपछि अनुसन्धानका क्रममा अभिमन्यू यादव पक्राउ परेका थिए । अभिमन्यू पक्राउ परेपछि प्रहरी जवानको सेटिङमा लागुऔषध काठमाडौंसम्म पुग्ने सञ्जाल पत्ता लागेको थियो ।
यादव पक्राउ परेको दिनदेखि सात दिनको विदा लिएर फरार रहेका जितेन्द्र प्रहरीको खोजी सूचिमा छन् । ‘अभिमन्यू समातिएकै दिन जितेन्द्रले विदा लिएर फरार भएको देखिन्छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ‘संलग्नता देखिएपछि खोजतलास गर्दा यादव विदा लिएर भागिसकेका रहेछन् ।

फरार भएका प्रहरी जवानको खोजी कार्य भैरहेको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरी उपरीक्षक मनोज केसीले लागुऔषध मुद्दामा संगठनभित्रकै व्यक्ति संलग्न रहेको देखिएपछि खोजी कार्य जारी राखेको बताए । पक्राउ नपरे प्रतिवादी बनाएर मुद्दा दायर गर्ने बताउदै उनले मुद्दा दायर भएपछि प्रहरी जवान स्वत निलम्बनमा पर्ने जानकारी दिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका रुपमा विराटनगरमा विद्यार्थी राजनीतिसँगै लागुऔषध ओसारपसारमा व्यवस्थापकीय भूमिका खेल्दै आएका यादवको काठमाडौंमा सम्पर्क व्यक्ति जितेन्द्र थिए । जितेन्द्र र अभिमन्यूको संलग्नता टेलिफोन रेर्कडबाट पनि पुष्टि भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...