News Portal

  • उपमेयरको घरका कामदारलाई मासिक १६ हजार सरकारी तलब !  

    हिमाली संचार संवाददाता
    ४४१ पटक

    रत्नप्रसाद आचार्य
    धरान : धरान उपमहानगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप खेप्दै आएकी उपमेयर मञ्जु भण्डारीले आफ्नो घरकी कामदार महिलालाई उपमहानगरपालिकाबाटै तलव खुवाउने गरेको भेटिएको छ । मेयर तारा सुब्बाको निधनपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी भण्डारीले पदको दुरुपयोग गर्दै आफ्नो घरकी कामदार धरान–१५ की गीता मगरलाई उपमहानगरपालिकाबाट कर्मचारीको सेवा सुविधासहित मासिक तलव भुक्तानी गरेकी हुन् ।

    उपमेयर भण्डारीले मगरलाई मासिक १६ हजार २ सय ३० रुपैयाँका दरले तलब उपलब्ध गराउन उपमहानगरको लेखा शाखा शालालाई टिप्पणी उठाएर आदेश दिएकी थिइन् । त्यही अनुसार लेखा शाखाले मगरलाई तलब भुक्तानी गरेको हो ।

    भण्डारीको आदेशमा मगरलाई गत मंसिर १ गतेदेखि तलब खुवाउने गरी उपमहानगरको प्रशासन शाखाले नियुक्तिपत्रसमेत दिएको छ । उपमहानगरमा कर्मचारी आवश्यक परेमा विज्ञापन खुलाई आवेदन दिएकाबाट प्रतिस्पर्धा गराएर बढी अंक प्राप्त गर्नेलाई नियुक्ति दिनुपर्ने नियम छ ।

    धरान–१८ का वडाअध्यक्ष प्रविण राईले कर्मचारी नियुक्तिसम्बन्धी नियमविपरित घरेलु कामदारलाई  उपमहानगरको कार्यालय सहयोगीको नियुक्ति पत्र दिएर मासिक तलब भुक्तानी गर्नु राज्यकोषको दुरुपयोग भएको बताए ।

    उपमेयर भण्डारीले कार्यपालिका सदस्यलाई समेत जानकारी नदिइ घरका कामदारलाई उपमहानरबाट सरकारी तलब खुवाएपछि अन्य जनप्रतिनिधले विरोध गरेका छन् । धरान–२० का वडाअध्यक्ष तथा धरान उपमहानरका प्रवक्ता मणिराम राईले उपमेयरले घरका कामदारलाई नियुक्ति दिएर तलब खुवाएकोबारे जानकारी नभएको बताउँदै त्यसबारे कार्यापालिका बैठकमा निर्णय पनि नभएको उल्लेख गरे ।

    भण्डारीकी घरेलु कामदारलाई उपमहानरपालिकाको सरकारी तलब खुवाएको भए अत्यन्तै गलत हुने बताए । भण्डारीले पदको दुरुपयोग गर्दै गैह्रकानुनी काम गर्न थालेपछि धरान–७ का कार्यवाहक वडाअध्यक्ष जीवन सुवेदीले सोमवारको नगरसभामा विरोध जनाएका छन् ।

    उपमेयरको कामबाट धरानवासी रुष्ट बनेको र विकासका धेरै काममा अबरोध पुगेको भन्दै वडाअध्यक्ष सुवेदीले भण्डारीलाई  आफ्नो कार्यशैली सुधार्न अनुरोध गरेका छन् ।

    नेपाली कांग्रेस धरानका सभापति तिलक राईले उपमेयरले आफ्ना कामदारलाई सरकारी तलब खुवाएर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले उपमेयर भण्डारीले निजी स्वार्थ पुरा गर्न उपमहानगरलाई विवादित बनाएको बताए ।

    उपमेयर भण्डारीले भने नगरकार्यपालिकाबाट निर्णय गराई गीता मगरलाई कार्यालय सहयोगी नियुक्ति गरी घरमा कामदारका राखेको बताएकी छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...