News Portal

देशभरिका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन बिरेन्द्रनगरमा हुदै

हिमाली संचार संवाददाता
४१८ पटक
सुशिल सिंह

माघ २९,सुर्खेत : देशभरिका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराबले बिश्ब रेडियो दिबशको अबसरमा फाल्गुन १ र २ गते कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा राष्ट्रिय समल्लेन गर्न लागेको हो ।

आज बिरेन्द्रनगरमा पत्रकार सम्लेलन गरी देश भरीका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन को तयारी पुरा भएको बताइएको छ । उक्त सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धी एंब यस क्षेत्रका चुनौतीहरुका साथै सामुदायिक रेडियोका अबका बाटोका बिषयमा छलफल गरीने छ ।

पछिल्लो समयमा बनेका सामुदायिक रेडियो बिरोधी निति, नियम र कानुनहरुको बिरोध गर्दै आगामी रणनितिहरु तय गर्नका लागी उक्त सम्मेलनको आयोजना गर्न लागेको सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुबास खतिवडाले बताए ।

उनले भने, गैर नाफामुलक उदेश्यले संचालित सामुदायिक रेडियोले श्रमजिबी पत्रकार ऐनले गरेका ब्यबस्थालाई पूर्ण रुपमा कार्यन्वयन गर्नमा परेको समस्याको बारेमा छलफल र्छाै, र ऐन तथा कानुनहरुको संशोधनको माग सरकारसंग गर्छाै ।

यस सम्मेलनमा नेपालमा संचालनमा रहेका ३५० सामुदायिक रेडियोका अगुवा एंब सामुदायिक रेडियोका अभियन्ता, सामाजिक रुपान्तरणको अभियानमा संलग्न ब्यक्तिहरु, नागरिक संगठन एबं राजनितिक दलका नेताहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खतिबडाले नेपालको भौगोलिक बनावट एंब भाषिक साँस्कृतिक बिबिधताका कारण रेडियो लोकप्रिय र पहुचमा रहेको बताए ।

उनले भने–अन्य आमासञ्चार माध्यमको पहुच नपुगेको ठाउँमा समेत सामुदायिक रेडियोले नागरिकलाई सुचनाको पहुच पु¥याउनुका साथै नागरिकको अभिब्यक्तिको शसक्त माध्यम बन्न सफल भएको छ । सम्मेलनमा देशभरीका बिभिन्न रेडियोकर्मीहरु भेला भैसकेका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...