News Portal

खोटाङको थामखर्क विमानस्थल आजबाट सञ्चालनमा आयो

हिमाली संचार संवाददाता
४३४ पटक

स्तरोन्नतीपछि खोटाङको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उद्घाटन गरेका हुन् । खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको काम १३ चैत २०७३ देखि शुरु भएकाे थियो ।

१० करोड ६० लाख ७१ हजार रुपैयाँमा स्तरोन्नती सम्पन्न भएको विमानस्थल २० रोपनी ६ आना क्षेत्रफलमा फैलिएको छ । विमानस्थल उद्घाटनका क्रममा मन्त्री अधिकारीले थामखर्क साताको दुईवटा उडान हुने जानकारी दिए ।

अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनः सञ्चालनमा आएको यो ३२औं विमानस्थल हो । त्यस्तै, खोटाङमै रहेको लामिडाँडा विमानस्थल आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याइसक्ने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...