News Portal

खोटाङको थामखर्क विमानस्थल आजबाट सञ्चालनमा आयो

हिमाली संचार संवाददाता
४१३ पटक

स्तरोन्नतीपछि खोटाङको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको उद्घाटन गरेका हुन् । खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको काम १३ चैत २०७३ देखि शुरु भएकाे थियो ।

१० करोड ६० लाख ७१ हजार रुपैयाँमा स्तरोन्नती सम्पन्न भएको विमानस्थल २० रोपनी ६ आना क्षेत्रफलमा फैलिएको छ । विमानस्थल उद्घाटनका क्रममा मन्त्री अधिकारीले थामखर्क साताको दुईवटा उडान हुने जानकारी दिए ।

अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनः सञ्चालनमा आएको यो ३२औं विमानस्थल हो । त्यस्तै, खोटाङमै रहेको लामिडाँडा विमानस्थल आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याइसक्ने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...