News Portal

भैरहवाको बालसुधार गृहबाट ६ जना कैदीबन्दी भागे

हिमाली संचार संवाददाता
४३६ पटक

२९ माघ, भैरहवा : रुपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका हुन् ।

बालगृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह-७, रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी-४, प्युठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा एक महिना १५ दिन सजाय पाएका तानसेन-३, पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्दामा एक महिना कैद सजाय भोगिरहेका विरुवा गाउँपालिका-४, स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार-३, उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका बुटवल-८ का १५ वर्षीय राजेश सुनार रहेको छन् ।

१८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो ।

त्यही क्रममा उनीहरुले योजना बनाएर फरार भएको बालसुधार गृह रुपन्देहीकी प्रमुख सुभद्रा गौतमले बताइन् । फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...