News Portal

भैरहवाको बालसुधार गृहबाट ६ जना कैदीबन्दी भागे

हिमाली संचार संवाददाता
४५४ पटक

२९ माघ, भैरहवा : रुपन्देहीको भैरहवास्थित बालसुधार गृहबाट ६ जना थुनवा र कैदी फरार भएका छन् । सोमबार राति करिब १२ बजेको समयमा आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट उनीहरु फरार भएका हुन् ।

बालगृहका अनुसार फरार हुनेमा जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका देवदह-७, रुपन्देहीका १६ वर्षीय जीवन खत्री, जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका नौबाहिनी-४, प्युठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा एक महिना १५ दिन सजाय पाएका तानसेन-३, पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्दामा एक महिना कैद सजाय भोगिरहेका विरुवा गाउँपालिका-४, स्याङ्जाका १७ वर्षीय अनिश थापा, नकवजनी चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका गाईघाट नेपालटार-३, उदयपुरका १७ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल) र चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका बुटवल-८ का १५ वर्षीय राजेश सुनार रहेको छन् ।

१८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । सुधार गृहका कैदी र थुनुवालाई बालमैत्री वातावरण अन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो ।

त्यही क्रममा उनीहरुले योजना बनाएर फरार भएको बालसुधार गृह रुपन्देहीकी प्रमुख सुभद्रा गौतमले बताइन् । फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...