News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अशान्त दरबारमार्गलाई शान्त बनाए : (डि)एसपी मल्ल

    हिमाली संचार संवाददाता
    २७१ पटक

    रामकुमार शाही
    काठमाडौँ : दरबारमार्ग क्षेत्र सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ । यसकारण पनि दरबारमार्ग प्रहरीको नेतृत्व सम्हाल्ने अधिकारीलाई न बद्नाम हुन छुट छ, न गुमनाम हुन । विदेशी पर्यटक तथा भीआईपीहरु आवातजावत गरिरहने क्षेत्र भएकाले यो क्षेत्रको शान्ति, सुरक्षा चुनौतीपूर्ण पनि छ । यति मात्र होइन गुण्डागर्दी र अवैध कारोबारका कारण बद्नाम पनि भइरहन्छ यो क्षेत्र ।

    अघिल्लो वर्ष माघ तेस्रो साता दरबारमार्गकै होटल ल्याण्डमार्कमा एक युवतीमाथि उनका प्रेमीसहितले सामूहिक बलात्कार गरे । घटनालाई गुपचुप राख्न प्रहरीकै भूमिका रहेको भन्दै तत्कालीन वृत्त प्रमुख डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायव निरीक्षक चन्द्र भण्डारीलाई कारवाही गरियो ।

    यसअघि अघिल्लो वर्षकै मंसिरमा अमेरिकाका चर्चित डिजे मार्समेलो आउने भनि महंगोमा टिकट बेचेको आयोजकले अन्तिम समयमा उनी नआउने बताएपछि आक्रोशित समूहले दरबारमार्गमै रहेको डेजाभू क्लबमा तोडफोड गरेका थिए । एकपछि अर्काे घटना घट्दै अशान्त बनिरहेको दरबारमार्गमा प्रहरीको भूमिका र क्षमतामाथि पनि प्रश्न उठिरहेको थियो । प्रहरीप्रतिको दृष्टिकोण सकारात्मक भन्दा नकारात्मक बढ्दै गएको थियो ।

    तत्कालीन वृत्त प्रमुख डिएसपी भारतीलाई कारवाही गरिएपछि त्यहाँको कमाण्ड सम्हाल्न पुगे डिएसपी (हाल एसपी) दानबहादुर मल्ल । आफ्नो क्षमता र दक्षतामा विश्वास गर्ने हक्की स्वभावका मल्लका लागि दरबारमार्गको तत्कालीन वातावरण अनुकुल थिएन । तर, झण्डै एक वर्ष दरबारमार्ग प्रहरीको कमाण्ड सम्हालेका मल्लले प्रतिकुल अवस्थालाई अनुकुल मात्र बनाएनन् अशान्त दरबारमार्गलाई शान्त बनाउने पनि काम गरे ।

    यो सब कसरी सम्भव भयो त ?
    मल्लका अनुसार समस्या बाहिरभन्दा पनि भित्र अर्थात प्रहरीमै थियो । त्यसकारण सुरुमा आन्तरिक सुधारमा उनले ध्यान दिए । ‘हाम्रै युनिटभित्र, हाम्रै प्रहरीभित्र समस्या छ भन्ने लाग्यो । त्यस्ता केही प्रहरी कर्मचारीका कारण प्रहरी र यस युनिटको बद्नाम भइरहेको थियो’, मल्ल भन्छन्, ‘६/७ वर्षदेखि यहाँ बसेर आफ्नै पुलिसलाई पनि शोषण गर्ने, बाहिर व्यवसायीलाई पनि शोषण गर्ने पात्र र प्रवृत्ति यहाँ थिए, म आउने बित्तिकै पहिलो ‘हिट’ त्यहाँ गरे ।’

    दरबारमार्गलाई शान्त बनाउनमा यो क्षेत्रका व्यवासायीले पनि प्रहरीलाई भरपुर सहयोग गरे । व्यवसायीसँग समन्वय गरेर अघि बढेका मल्लले प्रहरीको राम्रो काममा सबैले साथ दिएकोले नै दरबारमार्ग शान्त बन्न सफल भएको बताए ।

    ‘पुलिसको व्यवहार र आचरण राम्रो भयो भने सबैको सहयोग हुन्छ’, मल्ल भन्छन्, ‘व्यसायीसँग प्रहरीले ‘लाइन मिलाउने’ त्यसपछि व्यवसायीले जे गरे पनि हुने प्रवृत्तिलाई हामीले पूर्ण बन्देज गर्‍यौँ । सबै व्यवसायीलाई कानुनसम्मत तवरबाट व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग पनि गर्‍यौँ ।

    यसपछि व्यवसायीहरुलाई गुण्डाहरुको समूहबाट पाउने दुःखबाट मुक्ति पाउन मिल्न थाल्यो । ‘विभिन्न गुण्डा ग्रुपहरुले व्यवसायीहरुलाई दुःख दिने काम गर्थे, यो पुलिसलाई चुनौती हुने हुन्थ्यो’, मल्ल भन्छन्, ‘व्यवसायीले सबै गुण्डाहरु चिन्नुभा’थ्यो, त्यस्ता गुण्डाहरु आउने बित्तिकै गोप्य रुपमा हामीलाई सूचना दिने गर्नुभयो, त्यसपछि हामीले उनीलाई ल्याउँदै कारवाही गर्दै गर्‍यौँ। विस्तारै विश्वासको वातावरण बन्दै गयो ।

    आफ्नो कार्यकालमा ५/६ जना आफूलाई डन भन्ने गुण्डाहरुलाई समेत कारवाही गरेको मल्लले बताए । यी थुप्रै कारणले प्रहरीप्रतिको विश्वास बढ्दै गएको र दरबारमार्गको शान्ति, सुरक्षा चुस्त राख्नमा सहयोग पुगेको उनको अनुभव छ ।

    यीनै अनुभव बोकेर अब उनी केही दिनमा दरबारमार्ग प्रमुखको जिम्मेवारी भर्खरै काजसरुवा भएका डिएसपी बिनोद घिमिरेको काँधमा सुम्पिदै आफ्नो कार्यक्षेत्रमा खटिनेछन् ।

    कसैले जान नमानेको ठाउँ पनि जान तयार छु
    २०५५ साल असोज १ गते प्रहरी सहायक निरीक्षक (असई)बाट सेवा प्रवेश गरेका मल्लले यो अवधीसम्म आइपुग्दा दुर्गम जिल्लाको कमाण्डदेखि प्रधानमन्त्रीको सुरक्षा कमाण्ड सम्हालिकसेका छन् । आगामी दिनमा समेत संगठनले जहाँ खटाएपनि त्यहाँका नागरिकसँग एकाकार भएर काम गर्न सक्नेमा उनी ढुक्क देखिन्छन् ।

    ‘मुख्य कुरा भनेको जनताको विश्वास जित्नु हो र जनताको विश्वास जित्नका लागि आफ्नो टिम र युनिटलाई दुरुस्त बनाउन सक्नुपर्ने रहेछ’, मल्ल भन्छन्, ‘अब मलाई जहाँ जस्तो ठाउँ दिएपनि, कसैले जान नमानेको ठाउँ दिए पनि जान तयार छु, त्यहाँ गएर पुलिको प्रतिष्ठा राखेर काम गर्न तयार छु ।’

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उनको सुरक्षा ईन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका उनलाई प्रचण्डकै कारण राम्रो ठाउँमा पोष्टिङ भएको भनेर आलोचना नभएको पनि होइन । तर, उनी यसलाई मान्न तयार छैनन् ।

    ‘यो भन्दा अघि मैले कहाँ कहाँ राम्रो ठाउँ गएको थिएँ, जुन मेरा समकक्षीहरुले पाएका थिए । मैले त संगठनले खटाएको ठाउँमा गएर इमान्दारितापूर्वक काम गरेको हुँ’, उनी भन्छन्, ‘तर, म कसैको दबाब वा सिफारिसमा यहाँ आएको होइन, मलाई संगठनले नै विश्वास गरेर जिम्मेवारी दिएको हो । संगठनले खटाएपछि म आएको हुँ ।

    के-के भयो मल्लको कार्यकालमा ?
    एक वर्षको अवधीमा दरबारमार्ग प्रहरीले अपराध, अनुसन्धान, शान्ति, सुव्यवस्थाका ५१ वटा उल्लेख्य काम गरेको छ । लागूऔष कारोवारी, मानव बेचविखनमा संलग्न, अवैध नोट कारोवारीसम्मलाई कारवाही गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...

    भेटेरिनरी अस्पताल अस्तब्यस्त, सेवा नपाउँदा किसान निराश

    सिरहा। सदरमुकाममा सिरहाम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र अस्तव्यस्त अवस्थामा रहेको छ। अस्पताल...

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...