News Portal

अपहरित ३ वर्षीया बालिकाको उद्धार, एकजना पक्राउ

हिमाली संचार संवाददाता
४९० पटक

२८ माघ, काठमाडौं : जिल्ला प्रहरी कार्यालय, दाङले घोराही-१४, कपासीबाट अपहरित ३ वर्षीया बालिकाको सकुशल उद्धार गरेको छ । कालीकोटको राँचुली घर भइ कपासीमा डेरा गरी बस्दै आएकी २२ वर्षीया अस्मिता शाहीको सोमबार दिउँसो २ बजे अपहरण भएको थियो ।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले रतनपुर चोकबाट बालिकाको उद्धार गरेको हो । दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरका अनुसार जिल्लाका सम्पूर्ण नाका ब्लक गरेर खोजतलास गर्ने क्रममा अपहरणकारीलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९, ढिकपुरका २८ वर्षीया प्रयास चौधरी छन् । पक्राउ परेका चौधरीमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरेर थप अनुसन्धान गरिने डीएसपी मगरले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...