News Portal

अपहरित ३ वर्षीया बालिकाको उद्धार, एकजना पक्राउ

हिमाली संचार संवाददाता
५३१ पटक

२८ माघ, काठमाडौं : जिल्ला प्रहरी कार्यालय, दाङले घोराही-१४, कपासीबाट अपहरित ३ वर्षीया बालिकाको सकुशल उद्धार गरेको छ । कालीकोटको राँचुली घर भइ कपासीमा डेरा गरी बस्दै आएकी २२ वर्षीया अस्मिता शाहीको सोमबार दिउँसो २ बजे अपहरण भएको थियो ।

घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले रतनपुर चोकबाट बालिकाको उद्धार गरेको हो । दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरका अनुसार जिल्लाका सम्पूर्ण नाका ब्लक गरेर खोजतलास गर्ने क्रममा अपहरणकारीलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९, ढिकपुरका २८ वर्षीया प्रयास चौधरी छन् । पक्राउ परेका चौधरीमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरेर थप अनुसन्धान गरिने डीएसपी मगरले बताए ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...