News Portal

सद्भाव प्रेमको… !

हिमाली संचार संवाददाता
५७८ पटक

      ~ सुचित्रा श्रेष्ठ

सद्भाव सद्भावनाको प्रेम आव्वान गरे मैले
नजरमै तिमी,साथमै तिमीको कल्पना गरे मैले
मनको भारी बिसाउदै मनको बह पोख्ने बन्छु म
कतै मनै दुखेर मनैमा घाउ चोट लागे मल्हम बन्छु म
उकाली ओरालीको घामछायामा सधै साथ दिन्छु म
सुन्छु अचेल…!
भञ्ज्याङ् चौतारीको बाटो हिंड्नै छाड्यौ रे किन हो !
रातदिन मेरोलागि धड्किने चालपनी सुस्त भोरे किन हो!
भिरपाखा चौतारीको यात्रामा सहपाठी हामी कुरै छैन रे किन हो!
एकमुष्ट मायाको अभिलाषा मृगतृष्णा नै बनेछ किन हो !
पल पल हरेक पलका साथ फुल झै पत्र पत्र झरेछ किन हो!
खै कुन गल्तिको महसुस गरौ म…!
तिमी हिडेकाे बाटाेमा ठेस लााग्ला भनि जनाए मैले
सर संगतमा बुझेका कुराहरु बोले मैले
रातदिन अनेकन तर्कहरुले बिचलित हुँदा सम्हाले मैले
जीवनका पाटाे चलाउने भोगेको कुरा साटे मैले
निस्वार्थपनमा बिनाकारण मेरै मायामा लुकाए मैले
आधीहुरी र कुनै आरोहअवरोहले नछोवस भने मैले
यात्रा गर्ने शैली र जीवनका बास्तबिकता भने मैले
जानिन रहेछु मैले माया गर्नै जानिन…!
वल्लोतिर त पल्लोतिर छाड्नु पर्थ्यो
जहाँ हिंडेपनि जसरि हिडेपनि हास्नु पर्थ्याे
सर संगतका कुरा गर्नै गल्ती गरे
बिराउछौ कि बाटो भनी सजकता नै गल्ती गरे
महसुस मायाको न तिम्ले गर्यौ न मैले
त्यसैले त गर्दैछु आज आव्हान मायाको
साथ र सहयोग अनि जीवन भरोसाको
तिम्ले हिड्ने बाटो हिंड्न् छाडि सके म
भाेक,अभाव र तिर्खामा बानि परिसके म
माया गर्न नजानेर माया खाेज्दै हिडे म
घुम्ति उकालि अाेरालिकाे गित गाउदै
सद्भाव सद्भावनाकाे प्रेम आव्हान गरे मैले ।

काठमाडौ, नेपाल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...