News Portal

सद्भाव प्रेमको… !

हिमाली संचार संवाददाता
६५२ पटक

      ~ सुचित्रा श्रेष्ठ

सद्भाव सद्भावनाको प्रेम आव्वान गरे मैले
नजरमै तिमी,साथमै तिमीको कल्पना गरे मैले
मनको भारी बिसाउदै मनको बह पोख्ने बन्छु म
कतै मनै दुखेर मनैमा घाउ चोट लागे मल्हम बन्छु म
उकाली ओरालीको घामछायामा सधै साथ दिन्छु म
सुन्छु अचेल…!
भञ्ज्याङ् चौतारीको बाटो हिंड्नै छाड्यौ रे किन हो !
रातदिन मेरोलागि धड्किने चालपनी सुस्त भोरे किन हो!
भिरपाखा चौतारीको यात्रामा सहपाठी हामी कुरै छैन रे किन हो!
एकमुष्ट मायाको अभिलाषा मृगतृष्णा नै बनेछ किन हो !
पल पल हरेक पलका साथ फुल झै पत्र पत्र झरेछ किन हो!
खै कुन गल्तिको महसुस गरौ म…!
तिमी हिडेकाे बाटाेमा ठेस लााग्ला भनि जनाए मैले
सर संगतमा बुझेका कुराहरु बोले मैले
रातदिन अनेकन तर्कहरुले बिचलित हुँदा सम्हाले मैले
जीवनका पाटाे चलाउने भोगेको कुरा साटे मैले
निस्वार्थपनमा बिनाकारण मेरै मायामा लुकाए मैले
आधीहुरी र कुनै आरोहअवरोहले नछोवस भने मैले
यात्रा गर्ने शैली र जीवनका बास्तबिकता भने मैले
जानिन रहेछु मैले माया गर्नै जानिन…!
वल्लोतिर त पल्लोतिर छाड्नु पर्थ्यो
जहाँ हिंडेपनि जसरि हिडेपनि हास्नु पर्थ्याे
सर संगतका कुरा गर्नै गल्ती गरे
बिराउछौ कि बाटो भनी सजकता नै गल्ती गरे
महसुस मायाको न तिम्ले गर्यौ न मैले
त्यसैले त गर्दैछु आज आव्हान मायाको
साथ र सहयोग अनि जीवन भरोसाको
तिम्ले हिड्ने बाटो हिंड्न् छाडि सके म
भाेक,अभाव र तिर्खामा बानि परिसके म
माया गर्न नजानेर माया खाेज्दै हिडे म
घुम्ति उकालि अाेरालिकाे गित गाउदै
सद्भाव सद्भावनाकाे प्रेम आव्हान गरे मैले ।

काठमाडौ, नेपाल।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...