News Portal

सिरहामा बोक्सी आरोपमा निर्घात कुटपिट गरी जिउँदै जलाउने प्रयास

हिमाली संचार संवाददाता
५२० पटक

अजय शाह/जनकपुर : सिरहामा १ महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्नुको साथै जिउँदै जलाउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ।

नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी ४५ वर्षीया बौवावती महतोमाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको खुलासा भएको हो। छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै उनी कुटिएकी हुन्।

घरमा गाईबस्तुलाई घाँसपानी गरिरहेका बेला बिहीबार अपराह्न हुल बाँधेर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित बौवावतीले बताइन्। कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा निलडाम पर्नुका साथै चोटपटक लागेको छ।

घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन। लिखित जाहेरी नआएको कार्यालको जिकिर छ।
स्थानीय अमिरी सदायका १९ वर्षीय छोरा सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदीबहिनी लगायतले लछारपछार पार्दै चौतारामा पुर्‍याई कुटपिट गरेको बौवावतीले सुनाइन्।

‘घरबाट घिसार्दै चौतारोमा पुर्‍याएर बोक्सी हुँ भन्न दबाब दिए,’ उनले भनिन्, ‘बोक्सी नस्विकारे नजिकै रहेको उखुबारीबाट पत्कर ल्याएर जिउँदै जलाउँछौँ भन्दै कुटपिट गरे। कुटपिटबाट अचेत भएपछि बौवावतीलाई छाडिएको थियो।

‘म बोक्सी होइन, भन्दै हात जोडेर बिलौना गर्दा पनि कसैले सुनेनन्,’ उनले आँसु झार्दै भनिन्, ‘उखुको लाथ्राले निरन्तर कुटिइरहे। बौवावतीका पति रामलोचन महतो काम गर्न गाउँबाहिर गएका बेला उक्त घटना भएको हो।

‘घरमा पाँच जना स–साना छोराछोरी मात्र थिए। म पनि काम गर्न गाउँबाहिर रहेको मौका छोपेर मरणासन्न हुने गरी कुटेछन्,’ रामलोचनाले भने। बेलाबेला बेहोस हुने र काम्ने सुजितलाई बौवावतीले नै टुनामुना गरेको भन्दै धामी सुकना मण्डलले सदाय परिवारलाई उक्साएको स्थानीय गाउँलेले बताए।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...