News Portal

सिरहामा बोक्सी आरोपमा निर्घात कुटपिट गरी जिउँदै जलाउने प्रयास

हिमाली संचार संवाददाता
४८१ पटक

अजय शाह/जनकपुर : सिरहामा १ महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्नुको साथै जिउँदै जलाउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ।

नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी ४५ वर्षीया बौवावती महतोमाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको खुलासा भएको हो। छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै उनी कुटिएकी हुन्।

घरमा गाईबस्तुलाई घाँसपानी गरिरहेका बेला बिहीबार अपराह्न हुल बाँधेर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित बौवावतीले बताइन्। कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा निलडाम पर्नुका साथै चोटपटक लागेको छ।

घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन। लिखित जाहेरी नआएको कार्यालको जिकिर छ।
स्थानीय अमिरी सदायका १९ वर्षीय छोरा सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदीबहिनी लगायतले लछारपछार पार्दै चौतारामा पुर्‍याई कुटपिट गरेको बौवावतीले सुनाइन्।

‘घरबाट घिसार्दै चौतारोमा पुर्‍याएर बोक्सी हुँ भन्न दबाब दिए,’ उनले भनिन्, ‘बोक्सी नस्विकारे नजिकै रहेको उखुबारीबाट पत्कर ल्याएर जिउँदै जलाउँछौँ भन्दै कुटपिट गरे। कुटपिटबाट अचेत भएपछि बौवावतीलाई छाडिएको थियो।

‘म बोक्सी होइन, भन्दै हात जोडेर बिलौना गर्दा पनि कसैले सुनेनन्,’ उनले आँसु झार्दै भनिन्, ‘उखुको लाथ्राले निरन्तर कुटिइरहे। बौवावतीका पति रामलोचन महतो काम गर्न गाउँबाहिर गएका बेला उक्त घटना भएको हो।

‘घरमा पाँच जना स–साना छोराछोरी मात्र थिए। म पनि काम गर्न गाउँबाहिर रहेको मौका छोपेर मरणासन्न हुने गरी कुटेछन्,’ रामलोचनाले भने। बेलाबेला बेहोस हुने र काम्ने सुजितलाई बौवावतीले नै टुनामुना गरेको भन्दै धामी सुकना मण्डलले सदाय परिवारलाई उक्साएको स्थानीय गाउँलेले बताए।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...