News Portal

  • अध्यक्ष र उपाध्यक्षको विवादले गाउँपालिकाको गाडी प्रहरी चौकीमा !

    हिमाली संचार संवाददाता
    ६३० पटक

    सुजाता सुनुवार
    इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका लागि खरिद गरिएको दुई सवारी साधन आमचोक प्रहरी चौकीमा राखिएको छ । किनेका गाडी कसले प्रयोग गर्ने भन्ने पक्षमा अध्यक्ष राम श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईबीच गएको माघ २० गते तीव्र असमझदारी बढेपछि ती गाडी चौकीमा राखिएका हुन् । चौकीमा गाडी थन्किएपछि अहिले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कार्यालयकै काममा समेत सार्वजनिक सवारी प्रयोग गर्न बाध्य भएका छन् ।

    गाउँपालिकाको विकासको बजेटलाई कटौती गरेरै गएको मसिंरमा बोलेरो गाडी किनिएको थियो ।  मे १ झ १७१ नम्बरको बोलेरो गाडी र यसअघि उपाध्यक्षका लागि भनेर गाउँपालिकाबाट खरिद गरिएको मे १ ब ६७७ नम्बरको १५० सीसीको यामाहाको एफजेड मोटरसाइकल प्रहरी चौकीमा राखिएको गाउँपालिकाले जनाएको छ । माघमा विराटनगरमा हुने कार्यक्रममा गाउँपालिकाबाट प्रतिनिधित्व गरेर जान उपाध्यक्षले गाडी माग्दा प्रमुखले नदिएपछि विवादले उग्र रुप लिएको बताइएको छ ।

    उपाध्यक्ष राईका अनुसार गाडी माग्दा अध्यक्ष श्रेष्ठले वडा नम्बर–७, को एकतप्पामा सुरु हुने फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा जानुपर्ने भएकाले गाडी खाली नहुने बताउनु भएको थियो । उहाँले भन्नुभयो, ‘राँकेसम्म मात्रै भए पनि गाडी लान्छुभन्दा अध्यक्ष श्रेष्ठले ‘मेरो गाडी दिन्न’ भनेर आफ्नै निजी गाडी भएजस्तै गर्नु भएकोले विवाद लम्बिँदै गएको हो । पटक–पटक वादविवाद गरिरहनुभन्दा गाडी नै थन्क्याइदिउँ भनेर प्रस्ताव राखेकी हूँ’, उपाध्यक्ष राईले बताउनुभयो ।

    यता अध्यक्ष श्रेष्ठले भने गाडी दिन्न नभनेको र खाली भएका बेला गाडी उपाध्यक्षले पनि प्रयोग गरिरहेको बताउनु भएको छ । अध्यक्ष राईले भन्नु भयो, ‘मेरो एक÷दुई दिन समय खाली छैन मात्र भनेको हूँ । ‘खाली भएका बेला गाडी दिएकै छु ।’ तर उपाध्यक्ष राईले गाडीमा चढ्न नै पाइनँ भनेपछि कार्यविधि नबनुञ्जेल कसैले नचालाउने भन्दै भद्र मौखिक सहमति गरी गाडी चौकीमा राखिएको उहाँको भनाई छ ।

    गाउँपालिकाबाट सवारी साधन प्रयोगसम्बन्धी कार्यविधि नबनेसम्म गाडी सुरक्षित रुपमा राख्ने भन्ने सहमतिपछि गाडी चौकीमा राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको विधेयक समितिले कार्यविधि तयार गरेर अर्को बैठकमा पेश गर्नेछ । त्यो विधेयक पारित गरेर लागू नभएसम्म गाडी चौकीमा नै रहनेछ ।

    त्यस अवधिसम्म गाडी रिजर्भ गरेर वा सार्वजपनिक गाडीको यात्राको बील कार्यालयले नव्यहोर्ने भनेर प्रमुख श्रेष्ठ र उपप्रमुख राईबीच ‘भद्र’ सहमति भएको छ । यो सहमति भने मौखिक रहेको छ । यी दुई सवारी चौकीमा राखिए पनि यसअघि भएका वडा कार्यालयहरुमा चलिरहेको र अन्य कर्मचारीले चलाएका मोटरसाइकल भने यथावत चलाइएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...