News Portal

अध्यक्ष र उपाध्यक्षको विवादले गाउँपालिकाको गाडी प्रहरी चौकीमा !

हिमाली संचार संवाददाता
७४० पटक

सुजाता सुनुवार
इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका लागि खरिद गरिएको दुई सवारी साधन आमचोक प्रहरी चौकीमा राखिएको छ । किनेका गाडी कसले प्रयोग गर्ने भन्ने पक्षमा अध्यक्ष राम श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईबीच गएको माघ २० गते तीव्र असमझदारी बढेपछि ती गाडी चौकीमा राखिएका हुन् । चौकीमा गाडी थन्किएपछि अहिले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कार्यालयकै काममा समेत सार्वजनिक सवारी प्रयोग गर्न बाध्य भएका छन् ।

गाउँपालिकाको विकासको बजेटलाई कटौती गरेरै गएको मसिंरमा बोलेरो गाडी किनिएको थियो ।  मे १ झ १७१ नम्बरको बोलेरो गाडी र यसअघि उपाध्यक्षका लागि भनेर गाउँपालिकाबाट खरिद गरिएको मे १ ब ६७७ नम्बरको १५० सीसीको यामाहाको एफजेड मोटरसाइकल प्रहरी चौकीमा राखिएको गाउँपालिकाले जनाएको छ । माघमा विराटनगरमा हुने कार्यक्रममा गाउँपालिकाबाट प्रतिनिधित्व गरेर जान उपाध्यक्षले गाडी माग्दा प्रमुखले नदिएपछि विवादले उग्र रुप लिएको बताइएको छ ।

उपाध्यक्ष राईका अनुसार गाडी माग्दा अध्यक्ष श्रेष्ठले वडा नम्बर–७, को एकतप्पामा सुरु हुने फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा जानुपर्ने भएकाले गाडी खाली नहुने बताउनु भएको थियो । उहाँले भन्नुभयो, ‘राँकेसम्म मात्रै भए पनि गाडी लान्छुभन्दा अध्यक्ष श्रेष्ठले ‘मेरो गाडी दिन्न’ भनेर आफ्नै निजी गाडी भएजस्तै गर्नु भएकोले विवाद लम्बिँदै गएको हो । पटक–पटक वादविवाद गरिरहनुभन्दा गाडी नै थन्क्याइदिउँ भनेर प्रस्ताव राखेकी हूँ’, उपाध्यक्ष राईले बताउनुभयो ।

यता अध्यक्ष श्रेष्ठले भने गाडी दिन्न नभनेको र खाली भएका बेला गाडी उपाध्यक्षले पनि प्रयोग गरिरहेको बताउनु भएको छ । अध्यक्ष राईले भन्नु भयो, ‘मेरो एक÷दुई दिन समय खाली छैन मात्र भनेको हूँ । ‘खाली भएका बेला गाडी दिएकै छु ।’ तर उपाध्यक्ष राईले गाडीमा चढ्न नै पाइनँ भनेपछि कार्यविधि नबनुञ्जेल कसैले नचालाउने भन्दै भद्र मौखिक सहमति गरी गाडी चौकीमा राखिएको उहाँको भनाई छ ।

गाउँपालिकाबाट सवारी साधन प्रयोगसम्बन्धी कार्यविधि नबनेसम्म गाडी सुरक्षित रुपमा राख्ने भन्ने सहमतिपछि गाडी चौकीमा राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको विधेयक समितिले कार्यविधि तयार गरेर अर्को बैठकमा पेश गर्नेछ । त्यो विधेयक पारित गरेर लागू नभएसम्म गाडी चौकीमा नै रहनेछ ।

त्यस अवधिसम्म गाडी रिजर्भ गरेर वा सार्वजपनिक गाडीको यात्राको बील कार्यालयले नव्यहोर्ने भनेर प्रमुख श्रेष्ठ र उपप्रमुख राईबीच ‘भद्र’ सहमति भएको छ । यो सहमति भने मौखिक रहेको छ । यी दुई सवारी चौकीमा राखिए पनि यसअघि भएका वडा कार्यालयहरुमा चलिरहेको र अन्य कर्मचारीले चलाएका मोटरसाइकल भने यथावत चलाइएका छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...