News Portal

हुम्लामा पुनः भारी हिंमपात, जनजीवन कष्टकर

हिमाली संचार संवाददाता
४५४ पटक

अर्जुन बोहरा
सिमकोट : हुम्लामा परेको भारी हिमपातले हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सिमकोटमा एक फिट भन्दाबढी हिउँजमेको र तापक्रम माइनसमा झरेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले बताउनुभयो ।

वुधवार राती देखि परेको हिंमपातले हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला, साँफेबगर लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको प्रमुख जिल्ला अधिकारी ढुगानाले बताए । हिमपातले चिसो बढे सँगै सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीलाई सेवादिन समस्या भएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताउनुभयो ।

एक सात अघिको हिउँ पग्लन नपाउँदै पुनः हिमपात शुरु भएपछि सिमकोटका होटल व्यवसायी र स्थानिय बासिन्दालाई समस्या बनाएको छ । उता ग्रामिण भेकका किसानहरुलाइ भने हिंपातले उत्साहित बनाएको छ ।हिमपातले धारा बाट पानी ल्याउन समेत कठिन भएको सिमकोट २ का गोरसिह बोहराले बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ दिनको हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी ढुंगानाले यहाँका स्थानियलाई सतर्क रहन आग्रह समेत गर्नु भएको छ । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...