News Portal

हुम्लामा पुनः भारी हिंमपात, जनजीवन कष्टकर

हिमाली संचार संवाददाता
४१६ पटक

अर्जुन बोहरा
सिमकोट : हुम्लामा परेको भारी हिमपातले हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सिमकोटमा एक फिट भन्दाबढी हिउँजमेको र तापक्रम माइनसमा झरेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले बताउनुभयो ।

वुधवार राती देखि परेको हिंमपातले हुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला, साँफेबगर लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको प्रमुख जिल्ला अधिकारी ढुगानाले बताए । हिमपातले चिसो बढे सँगै सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीलाई सेवादिन समस्या भएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताउनुभयो ।

एक सात अघिको हिउँ पग्लन नपाउँदै पुनः हिमपात शुरु भएपछि सिमकोटका होटल व्यवसायी र स्थानिय बासिन्दालाई समस्या बनाएको छ । उता ग्रामिण भेकका किसानहरुलाइ भने हिंपातले उत्साहित बनाएको छ ।हिमपातले धारा बाट पानी ल्याउन समेत कठिन भएको सिमकोट २ का गोरसिह बोहराले बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ दिनको हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी ढुंगानाले यहाँका स्थानियलाई सतर्क रहन आग्रह समेत गर्नु भएको छ । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...