News Portal

प्रहरीबाट बच्न ड्रोन क्यामेराको प्रयोग गर्छन ब्राउन सुगर कारोबारी

हिमाली संचार संवाददाता
४२३ पटक

काठमाडौं : प्रहरीबाट बच्न १ जना ब्राउन सुगर कारोबारीले अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरेको खुलेको छ । लागूऔषध कारोबारी धरानका वितु भनिने जिनिश गुरुङले ड्रोनको प्रयोग गरेर ब्राउन सुगर बिक्री गर्ने गरेको खुलेको हो । प्रहरीले उनलाई मंगलबार उनकै कोठाबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनले भने भने, ‘प्रारम्भिक अनुसन्धानमा उनले ड्रोन क्यामेराबाट विभिन्न स्थानको गतिविधि मोनिटर गरेर मात्रै ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको देखिएको छ ।

बोगटीका अनुसार उनलाई प्रहरीले ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनको कोठामा ब्राउन सुगर जोख्न प्रयोग हुने उपकरण पनि भेटिएको थियो । उनको साथबाट ३ ग्राम मात्रै ब्राउन सुगर भेटिए पनि उनी डिलर नै हुन्’, बोगटीले अनलाइनखबरलाई भने, ‘उनको अन्य लागूऔषध कारोबार गर्ने गिरोहसँग पनि सम्बन्ध देखिएको छ ।

बोगटीले बताएअनुसार प्रहरीले बरामद गरेको ड्रोनको फुटेजमा उनको घर वरीपरीका दृश्य देखिन्छन् । कुनै खोलाको आसपास टाढाटाढासम्मका दृश्य लिएको पनि देखिन्छ । ती दृश्यका आधारमा प्रहरीमाथि निगरानी गरेर मात्रै उनले लागूऔषध बिक्री गर्ने गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनले आफू डिजिटल फोटो एडिटर भएको बताएर कोठा भाडामा लिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेसँगै उनले बिरामी भएको बताएका थिए । लगत्तै, प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरेपछि थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...