News Portal

प्रहरीबाट बच्न ड्रोन क्यामेराको प्रयोग गर्छन ब्राउन सुगर कारोबारी

हिमाली संचार संवाददाता
४५६ पटक

काठमाडौं : प्रहरीबाट बच्न १ जना ब्राउन सुगर कारोबारीले अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरेको खुलेको छ । लागूऔषध कारोबारी धरानका वितु भनिने जिनिश गुरुङले ड्रोनको प्रयोग गरेर ब्राउन सुगर बिक्री गर्ने गरेको खुलेको हो । प्रहरीले उनलाई मंगलबार उनकै कोठाबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनले भने भने, ‘प्रारम्भिक अनुसन्धानमा उनले ड्रोन क्यामेराबाट विभिन्न स्थानको गतिविधि मोनिटर गरेर मात्रै ब्राउन सुगर बिक्री वितरण गर्ने गरेको देखिएको छ ।

बोगटीका अनुसार उनलाई प्रहरीले ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनको कोठामा ब्राउन सुगर जोख्न प्रयोग हुने उपकरण पनि भेटिएको थियो । उनको साथबाट ३ ग्राम मात्रै ब्राउन सुगर भेटिए पनि उनी डिलर नै हुन्’, बोगटीले अनलाइनखबरलाई भने, ‘उनको अन्य लागूऔषध कारोबार गर्ने गिरोहसँग पनि सम्बन्ध देखिएको छ ।

बोगटीले बताएअनुसार प्रहरीले बरामद गरेको ड्रोनको फुटेजमा उनको घर वरीपरीका दृश्य देखिन्छन् । कुनै खोलाको आसपास टाढाटाढासम्मका दृश्य लिएको पनि देखिन्छ । ती दृश्यका आधारमा प्रहरीमाथि निगरानी गरेर मात्रै उनले लागूऔषध बिक्री गर्ने गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

अनुसन्धान अधिकारीहरुका अनुसार उनले आफू डिजिटल फोटो एडिटर भएको बताएर कोठा भाडामा लिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेसँगै उनले बिरामी भएको बताएका थिए । लगत्तै, प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरेपछि थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...