News Portal

  • ठेकेदार भागेपछि पुल निर्माण अलपत्र

    हिमाली संचार संवाददाता
    ३९९ पटक

    खाँदबारी : संखुवासभा र भोजपुर जोड्ने लम्सुवा घाटको पुल निर्माणको काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको छ। स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माणको काम अहिले ठप्प भएको छ । विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको हो ।

    २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ । सडक विभागको बेवास्था र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्य २० प्रतिशत मात्र भएको छ। पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको छ ।

    लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि ७० हजार बढी स्थानीयले सास्ती खेप्नु परेको षडानन्द नगरपालिकाका सुरेश भण्डारीले बताए । शिलान्यास भएको ८ वर्षमा पुल निर्माण २० प्रतिशत मात्र हुनु सडक विभाग नै दोषी भएको भण्डारीको भनाइ छ ।

    लम्सुवा घाटको पुल निर्माण नहुदाँ जोखिम मोलेर काठको डुंगाबाट अरुण नदी वारपार गर्नु परेको भोजपुरका चन्द्रबहादुर श्रेष्ठको भनाइ छ । उनले भने, ‘पुल हामी नहुँदा दैनिक उपभोग्य सामाग्री समेत महँगो शुल्क तिर्नु परेको श्रेष्ठको गुनासो छ ।

    यता षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले पुल निर्माणका लागि संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए । स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काम कुनै कसर बाँकी नभएको बताए । २०६७ मा तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । पुल निर्माणको ८ वर्ष बित्दा ७ वटा पिलर मात्र ठड्याइएको छ ।

    तीन वषभित्र निर्माण सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको छ। लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अहिलेसम्म नबन्दा स्थानीय सास्ती भोग्न परेको छ ।

    भोजपुर र संखुवासभा आवतजावत गर्ने स्थानीय हिउँदको समयमा जोखिम मोलेर डुङ्गाको सहाराबाट अरुण वारपार गर्छन् भने वर्षातको समयमा अढाई घण्टाको बाटो घुमेर सतिघाट वा तुर्केपुल बाट वारपार गर्नु परेको छ । ८ वर्ष अगाडि सम्झौता भएको पुलको अहिलेसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । १६ करोड ६३ लाखको लगानीमा निर्माण हुन लागेको पुल अहिले अलपत्र अवस्थामा छाडिएको छ । राजधानीदैनिकबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...