News Portal

बीपी प्रतिष्ठानमा अक्सिजन उत्पादन सुरु, प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्ट

हिमाली संचार संवाददाता
५४६ पटक

गोपाल दाहाल
सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ अक्सिजन प्लान्ट सुरु भएको छ। बिहीबारदेखि प्रतिष्ठानले आफ्नै अक्सिजन प्लान्टबाट आवश्यक अक्सिजन उत्पादन सुरु गरेपछि अब प्रतिष्ठान अक्सिजनमा आत्मनिर्भर बनेको छ।

प्रतिष्ठानलाई हाल प्रतिमिनेट ८ सय लिटर अक्सिजन आवश्यक पर्छ। बिहीबारबाट सुरु गरेको प्लान्टबाट प्रतिमिनेट १६ सय लिटरसम्म अक्सिजन उत्पादन हुन सक्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर प्रदीपराज साहले बताए। उनका अनुसार प्लान्टबाट उत्पादन भएको अक्सिजन मध्ये ५ सय लिटर पाइपलाइन मार्फत प्रतिष्ठानका विभिन्न वार्डमा पुग्छ भनेर ३ सय लिटर सिलिन्डरमा भरेर राखिन्छ।

साह भन्छन्, ‘पाइपलाइन नभएका ठाउँमा वा विद्युत आपूर्ति नभएका बेला पनि ति सिलिन्डर प्रयोग गरिन्छ। त्यसबाहेक प्रतिष्ठानलाई प्रयोग गरेर बढी भएको अक्सिजन अन्यत्र बिक्री समेत गर्न सकिन्छ।’

प्लान्टमा स्लोभाकियाको अक्सिजन जेनेरेटर, जर्मनीको एयर कम्प्रेसर, इङ्ग्ल्यान्डको बुस्टर भारतीय प्राविधिकहरुले जडान गरेका हुन्। प्लान्टले बाहिरको हावालाई लिएर त्यसमा रहेको २१ प्रतिशत अक्सिजन संचय गर्ने गर्छ।

प्लान्टबाट पाइपलाइन बाहेक दैनिक ६० वटा सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ। करिब २ वर्षअघि नै सुरु हुनुपर्ने अक्सिजन प्लान्ट निर्माण गर्ने जिम्मा पाएको कम्पनीको लापरबाहीले अलपत्र थियो। प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासले निर्माण पुरा नभई पुरै भुक्तानी दिएका थिए।

२ वर्षसम्म निर्माण नभएपछि प्रतिष्ठानले कम्पनीलाई ताकेता गरेपछि प्लान्ट निर्माण भएको हो। प्रतिष्ठानमा रहेको प्रतिमिनेट २ सय ८० लिटर क्षमताको प्लान्ट पनि ६ महिनादेखि बन्द अवस्थामा छ।

नयाँ अक्सिजन प्लान्ट समयमा निर्माण नहुँदा प्रतिष्ठानले बाहिरबाट दैनिक ७० हजारसम्मको अक्सिजन खरिद गर्ने गरेको थियो। यो हिसाबले २ वर्षमा प्रतिष्ठानले करिब ५ करोड अक्सिजनमा गुमाएको छ।

पुरै भुक्तानी लिएर काम नगर्ने कम्पनीलाई क्षतिपूर्तिको समेत दाबी गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले बताए। करिब ३ करोड २४ लाख लागत भएको प्लान्टको निर्माण नेपालको डाइग्नोवेभ र भारतको युनिसी इन्डिया प्रालिले गरेका हुन्।

प्लान्टको बिहीबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले रिबन काटेर उद्घाटन गरे। उनले प्रतिष्ठान अब अक्सिजनमा आत्मनिर्भर भएको भन्दै बढी उत्पादन भएका अक्सिजन बिक्रीको व्यवस्था मिलाइने र पुरानो प्लान्ट पनि बनाएर रिजर्वमा राख्ने बताए। उनले भने,‘यो प्लान्टले प्रतिष्ठानको खर्चपनि घट्यो, उपचारमा पनि सहज भयो। अन्य ठाउँमा समस्यापनि अब समाधान हुँदै जान्छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...