News Portal

  • बिरक्तिएको मन ~ कविता !

    हिमाली संचार संवाददाता
    ६१९ पटक

    जाडो यसै गर्मी भन्दा छैन कतै शितल
    फूलबारी छैन यहाँ छैन बर पिपल

    पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ
    भाको सबै गट्याम गुटुम पारी लान सक्छ

    भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल
    दुःखै दुःख विदेशमा कर्मसंगै कपाल

    बाध्यताले खाडी मुलुक टोलाउँदैछन् आँखा
    मलाई सम्झी रुँदै होलान गाउँका डाँडा पाखा

    बल वैंश जोश जाँगर विदेशमा सबै
    बुढो ज्यान फर्केपछि के गर्नु र कठै।।

    छबिराम सुनार “निर्दोष”
    (डेढ गाउँले भाञ्जा)
    हाल : कुवेत

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...