News Portal

  • आज २०७५ साल माघ २४ गते, तदअनुसार २०१९ फेब्रुवरी ७ तारिख बिहिवारको राशिफल

    हिमाली संचार संवाददाता
    ४११ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुनेछ। तर आज उठेको रकम तत्काल खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूकै लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जा लिनुपर्ने हुन सक्छ। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउन सक्छ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    सम्भावना देखिए पनि सोचेजति फाइदा नहुन सक्छ। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफूलाई तत्काल फाइदा नदेखिए पनि अरूको उपकार गर्न सकिनेछ। धार्मिक र सेवामूलक काममा प्रवृत्त भइनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विवादास्पद काम गर्नुपरे पनि मिहिनेतले लाभ हुने काम प्रारम्भ हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आजको दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धाको दौडमा समेत सजिलै जित हासिल हुनेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला। राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिफल हातपार्न केही समय लाग्नेछ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मौकामा अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    समयमा अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    हातमा लक्ष्मीको वास हुनाले मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अवसर खोजी गर्नुपरे पनि आज प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सफल भइनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले थप काम गर्ने माहोल बन्नेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू समेत बढ्नेछन्।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ। काममा केही विलम्ब हुन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वास गर्दा धोका होला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ। अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...