News Portal

कविता – किर्ना सरकार !

हिमाली संचार संवाददाता
९४६ पटक

       ~ शिव चालिसे

कुनै दिन मेरो किर्ना सरकारले
बिदेशबाट काठको रातो बाकसमा भरिएर आएको
त्यो लासलाई भन्ने छ,
ए लास,रेमिटान्स खुवाउने तेरो शरीर नबाँची यति ठूलो भएर आइस्,तँ भन्सार छलिमा परिस्
तेरो कात्रो भन्सारले लिलामिमा राख्छ!

कुनै दिन मेरो आरिसे सरकारले
बिदेशबाट मैले मेरो परिवारका लागि ल्याएको
मायाको ठूलो पोको देखेर जल्दै भन्ने छ,
ए परदेशी तैले यतिका धेरै माया भरिएको पोका ल्याइछस् कि तँ मायाको भन्सार छलिमा परिस्,
तेरो माया भन्सारले लिलामिमा राख्छ!

कुनै दिन मेरो कालो मन भएको सरकाले
मैले मेरा बच्चाको भबिस्य कोर्ने कलम ल्याउदा भन्नेछ
ए कलमवाला परदेशी,तैले यतिका धेरै बिरोधका अक्षरलेख्ने कालो मसिले भरिएको कलम ल्याइछस्,
तं भन्सार छलिमा परिस् तेरो कलम भन्सारले लिलामि राख्छ!
कुनै दिन मेरो नमक हराम सरकारले
मैले मेरो परिवारका लागि ल्याएको मिठाई देखेर भन्ने छ
ए नमक हराम,नुनिलो समुद्रले अमिल्याएको शरीरले यतिका मिठाई बोक्न सुहाउदैन,
तं भन्सार छलिमा परिस तेरो मिठाई सरकाले लिलामिमा राख्छ
अन्त्यमा,
कुनै दिन मेरो बिदेशी साहुले
चुनाबमा छुटी दियो भने तिमी किर्ना सरकारलाई
म भन्ने छु,ए किर्ना सरकार रगत,पसिना, जवानी सबै खाएर मेरो संसार छली गरेको छौ,तिमी मेरो संसार छलिमा पर्यौ तिम्रो संसार छली म मेरो मत पेटिकामा राख्छु!

हाल : युएई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...