News Portal

बालकको उपचारमा विसी ग्रुपको आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७६६ पटक

सुर्खेत – प्यूठान नगरपालिका—८ खप्रेङखोलाका ९ महिने शिशु प्रकाश विश्वकर्माको शरीरभरी घाउ छ । घाउले उनको शरीर पूरै ढाकेको छ । एकहप्ता अघिदेखि घाउ बढ्दै गएको थियो । वैशाखमै डाक्टरले जिल्ला बाहिर लगेर उपचार गराउन सुझाव दिएका थिए । तर, उनका अभिभावकले बाहिर लगेर उपचार गर्न सकेनन् ।

आर्थिक अभावमा शिशुको उपचार हुन नसकेको समाचार सार्वजनिक भएपछि सहयोग जुटेको छ । भवानी छापाखाना सुर्खेतमा मातृ संस्था विसी ग्रुप सुर्खेतको तर्फबाट शिशुको उपचारमा सहयोग रकम हस्तान्तरण गरिएको छ । ग्रुपका तर्फबाट कार्यकारी निर्देशक तथा चेम्बर अफ कमर्स सुर्खेतका कोषाध्यक्ष हिमकुमारी उपाध्यायले शिशुको उपचारमा ५ हजारको चेक हस्तान्तरण गरेकी हुन ।

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका कर्णाली व्यूरो प्रमुख ललित बहादुर बुढामार्फत सहयोग रकम शिशुका आफ्न्तलाई प्रदान गरिएको छ । ग्रुपले संकटपूर्ण अवस्थामा मानविय सहयोग, विभिन्न संघ संस्थाहरु मार्फत सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

शिशुको उपचारमा सहयोगीहरु बढ्दै गएपछि प्यूठानबाट थप उपचारका लागि शुक्रबारनै बुटवलको आम्दा हस्पिटलमा प्रारम्भिक उपचार पछि काठमाडौं रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...