News Portal

संन्सारी मंन्दिर र काली मंन्दिरमा सेनाका उपरथीद्वारा विशेष पुजा

हिमाली संचार संवाददाता
५०९ पटक
रबिन्द्र बराल, मोरङ

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको एेतिहासिक तथा पाैराणिक संन्सारी मंन्दिर र काली मंन्दिरमा शनिबार नेपाली सेना ईटहरी ब्यारेकका पृतनापति उपरथी श्री समिर शाही, सुर्य दल गणका थलाहाका गणपति प्रमुख सेनानी रघुनाथ पौडेल, सह सेनानी राजु थापा लगायतले मंन्दिरमा विशेष पुजा गरेका छन ।

बिराटनगर देखि २२ किलोमिटर पुर्वमा चिसाङ खाेलाकाे बगरमा रहेको साे मंन्दिरमा अहिले भक्तजनहरुकाे घुईचाे लाग्ने गरेको छ। राणाकाल भन्दा अगाडि देखि साे स्थानमा माता देवीकाे वासस्थान रहेको बुढापाकाहरु बताउछन् । मन्दिरमा निकै पुरानो रुख मुनि देविकाे बाँस रहेको पाईन्छ ।

साे मन्दिरमा अाफुले चाहेको मनकामना पूरा गर्ने
भक्तजन हरुकाे ठुलाे घुईचाे लाग्ने गरेको छ। त्यति मात्रै हाेइन त्यहाँ भाकल गरेको ९० दिन भित्र मनाेकामना पूरा हुने त्यहाँका पुजारी बताउछन । त्यसैगरी रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रहेको ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा रहेको काली मंन्दिरकाे महिमा समेत उत्तिकै छ ।

राणाकालमा उक्त काली मंन्दिर सदरमुकाम सार्ने वेलामा राणाहरुले कालीकाे मुर्ति लग्नका लागि चार चाेटा हात्तीको प्रगाेय गरेता पनि साे मुर्ति उखालेर लैजान न सके पछि राणाहरुले बिराटनगरमा नयाँ कालीकाे मुर्ति स्थापना गरेकाे बुढापाकाहरु बताउँछन् ।

मन्दिर बनाउने क्रममा कालीकाे मुर्तिलाई उक्त स्थान बाट अलिकति अलगाेे गर्ने प्रयास गर्दा समेत साे स्थानमा सर्पहरु निस्कन थाले पछि पुनः साेहि स्थानमा मुर्ति राखिएको पुरानै ठाउँमा राखिएको छ। अहिले पनि साे मन्दिरमा राणाहरुले दिएकाे गजुर, घन्टी र १०८ अाेटा दियो मंन्दिर राखिएको छ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...