News Portal

पप्पु कन्स्ट्रक्सनको बदमासी, लौकही झुम्का सडक निर्माणमा कमसल सामग्री प्रयोग

हिमाली संचार संवाददाता
५४० पटक

प्रदीप मेन्याङ्बो
सुनसरी : पप्पु कन्ट्रक्सनले बनाइरहेको सडकमा कमसल सामाग्री प्रयोग गरेको भन्दै बराहक्षेत्रका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । एसियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा निर्माणाधीन २२ किलोमिटरको लौकही–झुम्का सडकखण्डमा कम गुणस्तरको सामाग्री प्रयोग गरेको भन्दै स्थानीय सरोकारवालाले आपत्ति जनाएका हुन् । पप्पु कन्ट्रक्सनले उक्त सडक बनाउन ८२ करोड ३२ लाख ५२ हजार ९ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग मातहतको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सुनसरीको सिंगिया–रामधुनी–प्रकाशपुर–मधुवन–लौकही बोर्डरसम्म कालोपत्रेसहित सडक विस्तार गर्न पप्पु कन्ट्रक्सनलाई ठेक्का दिएको छ । तर, पप्पु कन्ट्रक्सनले पनि कमिसन लिएर पेटी ठेकेदार कम्पनी भूमि कन्ट्रक्सनलाई दिएको छ ।

चार वर्षअघिदेखि निर्माण कार्य गरिरहे पनि सडक किनारमा राखिएको बोर्डमा भने २०७५ चैत २० गते सम्झौता गरिएको उल्लेख छ । यो वर्षको चैत महिना आउन अझै दुइ महिना छ । पाँच वर्षभित्र निर्माण कार्य सकिने बताइएको उक्त सडक निर्माणको सम्झौता कहिले गरेको हो कतै खुलेको छैन ।

सरकारसँगको सम्झौता जे भएपनि उक्त सडक निर्माण गर्दा कन्ट्रक्सनले बालुवा लगाएर पहिलो चरणको फिलिङ् गर्ने काम गरेकाले आपत्ति जनाएको बराह नगरपालिकाका प्रमुख निलम खनालले बताए । उनले भने, ‘सडक निर्माणमा पप्पुले पुरै बदमासी गरेको देखियो । माटो ल्याएर फिलिङ गर्नुभन्दा बालुवा सस्तो भएपछि बालुवा हालेको सडक भत्किन थालेका छन् । मैले यो सडकमा भरेको बालुवा सबै निकालेर माटोले फिलिङ गर्नु पर्ने नत्र काम रोकिदिने चेतावनी दिएको छु ।’

उनले बराहक्षेत्र नगरपालिका क्षेत्रमा बन्ने सडकको लागत इस्टिमेट र डिजाइन उपलब्ध गराउन पटक पटक ताकेता गर्दा पनि नटेरी आफूखुसी कमसल सामाग्री प्रयोग गरेको बताए । कन्ट्रक्सनले कमजोर सडक बनाएको जानकार प्राविधिक र इन्जिनियरहरुले आफूलाई जानकारी दिएकाले पप्पुले बदमासी गरेको निष्कर्षमा पुगेको बताए ।

स्थानीयलाई देखाउनका लागि कन्ट्रक्सनले प्रकाशपुर क्षेत्रको सडकबाट करिब ९ लाख रुपैयाँबराबरको बालुवा फालेको तर अन्यत्र बालुवा भरेर सडक निर्माण गरिरहेको स्थानीय मदन अधिकारीले बताए ।‘प्राविधिकहरुलाई यहाँ बनिरहेको सडक देखायौं र कन्ट्रक्सनका ठेकेदारलाई पनि कमसल सामाग्री प्रयोग भएको, बालुवा भरेर सडक बनाएकाले सम्पूर्ण प्रावधिक जानकारी दिन आग्रह गर्दा सरकारबाहेक अरुलाई दिन आवश्यक नभएको भनेर पन्छिए’ उनले भने ।

बराहक्षेत्र नगरपालिका–९ का वडाध्यक्ष दिपककुमार लिम्बु र १० का वडाध्यक्ष महेन्द्र बहादुर खत्रीले पनि उक्त सडक कमजोर बनिरहेको बताए । उनीहरुले गुनासो निदान समिति संयोजक खेजेन्द्र मगरलगायतले नेपाल सरकारका तर्फबाट विराटनगस्थित सडक डिभिजनबाट आएका इन्जिनियर सुवास राईलाई गुणस्तरहीन काम भएको जानकारी दिएका थिए । खेजेन्द्र आफै पनि सडक निर्माण क्षेत्रका इन्जिनियर हुन् । तर राईले ‘भरेको बालुवा हटाइराख्नु नपर्ने, यसैलाई थप गुणस्तरीय बनाउने’बताएका थिए ।

कन्ट्रक्सनले सडकका विभिन्न ठाउँमा राखेका होमपाइपहरु फुटेका छन् । ठेकेदार कम्पनीसँग सडक डिभिजनका इन्जिनियर राई र ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख शम्भू कार्कीबीचको मिलेमतोमा कमसल सडक बनाइरहेको स्थानीय वडाध्यक्ष, जनप्रतिनिधि, जानकार प्राविधिक र सरोकारवालाहरुले आरोप लगाएका छन् । कान्तिपुर

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...