News Portal

  • आज २०७५ साल माघ २० गते, तदअनुसार २०१९ फेब्रुवरी ३ तारिख आइतबारको राशिफल

    हिमाली संचार संवाददाता
    ३९८ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। तर, परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। विश्वासपात्रले धोका दिने हुँदा समयमै सजग रहनुपर्ला।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    अप्ठ्यारो परिस्थितिमा पनि अवसर आउनेछ। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। परिस्थितिवश चिताएको काममा समस्या आउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। चिताएका काममा बाधा पुग्न सक्छ। जीवनशैलीमा सुधार ल्याउन आवश्यक देखिन्छ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुपर्नेछ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    छोटो समयमा मनग्गे फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आम्दानी राम्रो भए पनि अरूका लागि खर्च बढ्न सक्छ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। तर द्वेष तथा ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मिहिनेतको प्रतिफल न्यून पाइनेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा मतभेद देखा पर्नाले समस्या आउन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। योजना गोप्य रहँदा फाइदा हुनेछ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना छ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसर प्राप्त भए पनि दैनिकीमा परिवर्तन नआउन सक्छ। विवेकले काम लिनुहोला।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउने समय छ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...