News Portal

नेदरल्यान्ड्समाथी नेपालको रोमाञ्चक जीत, नेपाल १ रनले बिजयी

हिमाली संचार संवाददाता
६४१ पटक

काठमाडौं – एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथी रोमाञ्चक जीत निकालेको छ । नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलमा नेपालले १ रनको रोमाञ्चक जित हात पार्यो ।

यो सँगै नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज १–१ को बराबरीमा टुंग्यायो ।  २१७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सको निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१५ रन बनायो ।

नेदरल्यान्ड्सका लागि वेस्लेय बरेसीले ८८ बलमा ८ चौकाको मद्दतमा ७१ रन बनाए । त्यस्तै  ड्यानियल टेर ब्राकले ३९, पिटर सेलयरले २१, बेन कोपरले १९ र शेन स्नाटरले १२ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ४१ रन खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि ललितसिंह भण्डारीले २ विकेट लिए ।

यसअघि नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । सोमपालले ३८ बलमा अर्धशतक बनाएका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।

दीपन्द्रसिंह ऐरीलाई १९ रन रनआउट हुन पुगे । सुवास खकुरेलले १९, आरिफ शेखले १६, ज्ञानेन्द्र मल्लले १३, रोहित कुमार पौडेलले ६, अनिल कुमार शाह ४ र बसन्त रेग्मी १ रनमा आउट भए । यसअघि पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...