News Portal

टीकापुर महोत्सव २०७५ को सम्पुर्ण तयारी

हिमाली संचार संवाददाता
९०५ पटक

अलिसा पन्त
टीकापुर : आज देखि सुरु हुने टीकापुर महोत्सव २०७५ को सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । टीकापुर उद्योग बाणिज्य संघको मुख्य आयोजकत्वमा हुँदै आएको टीकापुर महोत्सवलाई यो बर्ष पनि निरन्तरता दिन लागिएको छ । संघले महोत्सव स्थल भित्र सम्पुर्ण तयारी पूरा गरेको बताएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले शुक्रबार महोत्सव औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । जसका लागि मञ्च व्यवस्थापन देखि अन्य सबै तयारीहरु सकिएको छ । स्टलहरु समेत सबै बनाईसकेको र अब केही स्टल मात्र बनाउन बाकी रहेको संघको भनाई छ ।महोत्सवको उद्घाटन सत्रको दिन कसैलाई पनि शुल्क नलाग्ने संघले जनाएको छ ।

लम्कि-टीकापुर-खक्रौला सडक चारलेन मुख्य माग राख्दै गरिन लागेको महोत्सवमा थुप्रै राष्ट्रिय देखि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । जसका लागि कुन दिन, को को कलाकार आउने भनेर संघले अन्तिम निर्णय समेत गरिसकेको छ । महोत्सव यहि माघ २८ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...