News Portal

टीकापुर महोत्सव २०७५ को सम्पुर्ण तयारी

हिमाली संचार संवाददाता
९५५ पटक

अलिसा पन्त
टीकापुर : आज देखि सुरु हुने टीकापुर महोत्सव २०७५ को सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । टीकापुर उद्योग बाणिज्य संघको मुख्य आयोजकत्वमा हुँदै आएको टीकापुर महोत्सवलाई यो बर्ष पनि निरन्तरता दिन लागिएको छ । संघले महोत्सव स्थल भित्र सम्पुर्ण तयारी पूरा गरेको बताएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले शुक्रबार महोत्सव औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । जसका लागि मञ्च व्यवस्थापन देखि अन्य सबै तयारीहरु सकिएको छ । स्टलहरु समेत सबै बनाईसकेको र अब केही स्टल मात्र बनाउन बाकी रहेको संघको भनाई छ ।महोत्सवको उद्घाटन सत्रको दिन कसैलाई पनि शुल्क नलाग्ने संघले जनाएको छ ।

लम्कि-टीकापुर-खक्रौला सडक चारलेन मुख्य माग राख्दै गरिन लागेको महोत्सवमा थुप्रै राष्ट्रिय देखि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । जसका लागि कुन दिन, को को कलाकार आउने भनेर संघले अन्तिम निर्णय समेत गरिसकेको छ । महोत्सव यहि माघ २८ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...