News Portal

सिम्ता गाउँपालिकाकाे आर्थिक सहयोगमा ल्याव सेवा शुरु

हिमाली संचार संवाददाता
६१६ पटक
दुर्गा वि.सी. सल्लिबजार

सुर्खेतको सिम्ता गाउँपालिकामा बिहीबारबाट ल्याव सेवा सञ्चालनमा ल्याएको छ । ल्याव सेवा सञ्चालनमा अाएपछि सिम्तावासिहरु महेलकुना सुर्खेत र नेपालगन्ज जाने बाध्यता हटेको छ। जनतासँग सिम्ता गाउपालिका अन्तर्गत सामाजिक विकास कार्यक्रम भित्र रहेर सिम्ताकाे केन्द्र स्वास्थ्य चौकि राकममा अौपचारिक कार्यक्रम बिच बिहीबार ल्याब सेवा उद्घाटन गरिएको छ।

ल्याव सेवा उद्घाटनमा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सि र उपाध्यक्ष चन्द्र्कला शाहि लगायतका नागरिकको रगत परिक्षण गरि सेवा उद्घाटन गरिएको थियो। गाउँपालिकाले अाफ्नै नीति तथा कार्यक्रम बनाएर सामान्य रगत परिक्षण गर्नकाे लागि मेहेलकुना सुर्खेत र नेपालगन्ज जानुपर्ने बाध्यता लाई राेक्नकाे लागि अाफ्नै पालिकामा सेवा शुरूवात गरेकाे वताएकाे छ। ल्याव सेवासङै अब सबै नागरिकले अाफ्नै घरदैलोमा स्वास्थ्य सेवा लिन पाउने गाउँपालिकाकाे नीति रहेको छ ।

याे संगै स्वास्थ्य चौकीकाे पहुँच नभएको बस्तीलाई सेवा दिने उदेश्यले र नेपाल सरकार स्वास्थ्य चौकि बाट निशुल्क प्रदान गरिने ३५ प्रकारका अौषधि सबै नागरिक तह सम्म पुर्‍याउने उदेश्यले ३ वटा ठाउँमा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ। केन्द्र मध्ये वडा नं १ र २ काे लागि बाँखर्क, वडाकाे दुर्पाला र वडा नं ७ काे वैजपानि स्वास्थ्य इकाई केन्द्र स्थापना गाउपालिकाले गरि सेवा शुचारू गरेको छ।

एउटा केन्द्रमा ३ जना कर्मचारी समेत गाउपालिकाले व्यवस्थापन गरिसकेको छ। जसमा १ जना अहेव,१ अनमि र एक जना कार्यलय सहयोगी खटाएको छ।उद्घाटन समारोहमा गापा अध्यक्षले ४ वर्ष भित्र १५ सैयाकाे अस्पताल स्थापना गर्ने प्रतिबद्धता गर्नुभएको छ।

कार्यक्रम ६ नं वडा अध्यक्ष राजेन्द्र सिह ठकुरीकाे अध्यक्षतामा गापा अध्यक्ष केविन्द्र कुमार केसिकाे प्रमुख अातिथ्यमा र उपाध्यक्ष चन्द्रकला शाही, समाजसेवी प्रकाश शर्मा, रूपा सिह, भुवान बुढा लगाएतले धारणा राख्नु भएको थियोे । गाउँ स्वास्थ्य शाखा सह सम्याेजक विरेन्द्र पुनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...